एजेन्सी । 'बलिउडका सुल्तान' सलमान खान रोमानियाकी टेलिभिजन प्रस्तोता लूलिया वन्तूरसँगको सम्बन्धलाई लिएर गम्भीर रहेका छन् । पछिल्लो समय सलमान- लूलिया धेरै स्थानमा परिवारसँग देखिएका छन् । शुक्रवार प्रीति जिन्टाको रिसेप्शन पार्टीमा पनि सलमान र लूलियासँगै देखिए ।
सलमानले सार्वजनिक स्थानमा लूलियासँगको सम्बन्ध अफिशियल भएको बताइ सकेका छन् । लूलियाले सलमानको आमा सलमा खानको हात समात्दै गरेको तस्बीर केहि दिन पहिला सामाजिक सञ्जालमा सार्वजनीक भएको थियो । सो तस्बीर मुम्बई एयरपोर्टको रहेको बताइएको छ ।
केहि हप्ता अघि सलमान दिल्ली र यूपीमा सुल्तानको सुटिङ्गको क्रममा थिए । मुजफ्फरनगरमा चलचित्रको सुटिङ्ग सकिएपछि सलमानसँग लूलिया कारमा देखिएकि थिइन् ।
सलमान ५० बर्षका भइसकेका छन् । उनको घरपरिवार पनि बिबाहको बिषयलाई लिएर गम्भिर देखिन्छ ।