arrow

किशोरीमाथि दुष्कर्म गर्ने भाञ्जा जोगाउन मैदानमा उत्रिए गाउँपालिका अध्यक्ष जालिम मियाँ, गृहमन्त्रीको रवाफ

प्रहरीको मध्यस्थतामा बलात्कृतलाई बलात्कारीसँगै विवाह गराउने प्रयास 

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ साउन ३ शनिबार
jalim-miya-birgunj.gif

वीरगंज। निकाह भइसकेको १५ वर्षीय एक युवतीको बलात्कार घटना दबाउन जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मंसुरीले आफ्नो सम्पूर्ण प्रभाव लगाएको घटना सार्वजनिक भएको छ । 

जगरनाथपुर गाउँपालिका १५ वर्षीय किशोरीको शुक्रबार बिहान ४ बजे जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मंसुरीको सहोदर भान्जा नुरआलमले बलात्कार गरि भागेको थियो। आलमले आफ्ना सहयोगी मार्फत मोटरसाईकलमा धारामा पानी भर्न गएकी किशोरीलाई मुखमा कपडा हालेर हात बाँधेर फुलबारीमा बलात्कार गरेर छोडेका थिए। सो घटना सार्वजनिक भएपछि दिनभर जगरनाथपुर गाउँपालिका तनावग्रस्त रहयो। पीडित किशोरीको काका असलम मियाँमाथि हातपात गरेर गाउँमै केश मिलाउन जालिम मियाँले दिनभर आफ्नो प्रभावको प्रयोग गरिरहे।

पटेर्वा सुगौलीका प्रहरी निरिक्षक दीपक चोरवारलाई बोलाएर पञ्चायती गरी मुद्दा मिलाउने प्रयत्न दिनभर गरियो। बलात्कारी युवा नुरआलमसँग बिहे गराईदिने र हर्जाना स्वरुप १० कठ्ठा खेत दिनेसम्मको प्रस्ताव भएपनि पीडितहरुले दोषीलाई कारवाहीको अडान लिएपछि दोषीलाई उम्काउने गरि भएको प्रहरीको मध्यस्थता पनि काम लागेन। 

पिडितसहित अन्य स्थानियको दवावपछि पटेर्वा सुगौलीका प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेर गरेर पीडित युवतीलाई ल्याएर मेडिकल चेकजाँच गरेपछि बलात्कार भएको प्रमाणित भएको छ। 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक मन्जिव कुँवरले युवतीमाथि दुष्कर्म भएको मेडिकल रिपोर्ट आएको बताए।

पीडित युवतीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा मनोवैज्ञानिक दबाब दिएर अध्यक्ष जालिम मियाँको भान्जालाई बचाउने भरमग्दुर प्रयत्न भइरहेको पिडित पक्षको भनाई छ। जालिमले गृहमन्त्री राम बहादुर थापा आफू निकट रहेको भन्दै प्रहरीले उनका बलात्कार आरोपित भाञ्जालाई केहि गर्न नसक्ने बताउँदै बएका छन्।  

बयानका क्रममा लागुऔषध मुद्दामा समातिएका एक अभियुक्तलाई पीडित युवतीको अगाडी मुद्दा फाँटका प्रहरी निरिक्षकले कडा यातना दिई बयान परिवर्तन गराउने प्रयत्न गर्न खोजेको अधिकारकर्मीहरुले आरोप लगाएका छन् । 

बलात्कार आरोपित नुरआलम शुक्रबार बिहान प्रहरीकै अगाडी गाउँमा डुलिरहेको भएतापनि त्यसलाई पक्राउ नगरिएको पीडित परिवारको आरोप रहेको छ। 

बिगत केही दिनदेखी महिलामाथि दमन र अत्याचारका घटनाहरुमा व्यापक वृद्धीका घटना पर्सामा कार्यरत प्रहरी उपरिक्षक गंगा पन्तको परिक्षाको रुपमा   कडाई नगरेको  आरोप लाग्न थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ