arrow

प्रिमियर लिग रोमाञ्चक मोडमा, दुई स्थानका लागि तीन टोलीको टक्कर

logo
प्रकाशित २०७७ साउन ३ शनिबार
premier-league-logo.jpg

काठमाडौं। ईङलिश प्रिमियर लिग रोमाञ्चक मोडमा पुगेको छ। लिवरपुले उपाधि जितिसकेपछि बाँकी रहेको स्थानहरुका लागि लडाई रोमाञ्चक मोडमा पुगेको छ।

अर्को सत्रको च्याम्पियन्स लिगमा सहभागीता जनाउनका लागि पहिलो चार स्थानमा रहनु पर्ने नियम रहेको छ। पहिलो स्थान लिवरपुल र दोस्रो स्थान म्यानचेस्टर सिटीले पक्का गरिसकेका छन्।

दुई स्थान पक्का भैसकेको अवस्थामा बाँकी रहेको दुई स्थानका लागि तीन टोलीको कडा प्रतिस्पर्धा भेरहेको छ। चेल्सी, लेस्टर सिटी र म्यानचेस्टर युनाईटेड बिच दुई स्थानका लागि प्रतिस्पर्धा भैरहेको छ।

लिगमा दुई खेल बाँकी रहेको अवस्थामा तीन टोली बिच १ अंकको फरक रहेको छ। चेल्सी ३६ खेलमा ६३ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने लेस्टर र म्यानचेस्टर ६२-६२ अंकका साथ क्रमश चौथो र पाँचौ स्थानमा रहेका छन्।

चौथो र पाँचौ स्थानमा रहेका लेस्टर र म्यानचेस्टरको गोलमा पनि तीन मात्र फरक रहेको छ। लेस्टरको ३१ गोल फरक रहेको छ भने म्यानचेस्टरको २८ रहेको छ।

यो हप्ता लेस्टरले स्पर्सको सामना गर्ने छ भने चेल्सीले लिग बिजेता लिवरपुलसँग खेल्ने छ त्यसैगरि म्यानचेस्टरले वेष्ट ह्यामसँग खेल्ने छ।

लिगको अन्तिम हप्ता रोमाञ्चक हुने निश्चित रहेको छ। लिगमा दुई स्थानका लगि भिडिरहेका लेस्टर र म्यानचेस्टर बिच अन्तिम भिडन्त हुनेछ।यो हप्ता दुवैले र चेल्सीले  आफ्नो खेल जितेमा अन्तिम खेलमा लेस्टर र युनाईटेडका लागि गर् या मरको स्थिती हुन आउने छ।

लिगको ३७औं हप्ताले कस्तो नतिजा ल्याउँछ त्यस्मा रोमाञ्चक रहने वा नरहने निश्चित गर्ने छ। चेल्सीका लागि स्पर्ससँगको खेल ‘गर या मर’को खेल हुने भएको छ।

चेल्सी स्पर्ससँग पराजित भएमा र लेस्टर र म्यानचेस्टरले आ-आफ्नो खेल जितेमा एक खेल बाँकी हुँदा चेल्सी ६३ र दुई टोली ६५-६५ अंक हुनेछन्। अन्तिम खेलमा लेस्टर र युनाईटेडले अंक बाँडेमा चेल्सी पाँचौ हुनेछ।

समग्रमा भन्दा समिकरण रोमाञ्चक मोडमा पुगेको छ र खेलप्रेमीहरु उत्साहित रहेका छन्।

रेलिगेसन

प्रिमियर लिगो रेलिगेसन जोनको खेल पनि रोमाञ्क मोडमा पुगेको छ। नर्विच सिटी रेलिगेट भैसकेको छ भने बाँकी दुई स्थानका लागि पर्तिस्पर्धा जारि रहेको छ।

वर्नमाउथ र एस्टन भिल्ला३६ खेलमा ३१-३१ अंकका साथ १८औं र १९औं स्थानमा रहेका छन्। त्सयैगरि वाटफोर्ड ३६ खेलमा ३४ अंकका साथ १७ औं स्थानमा रहेको छ। प्रिमियर लिगमा अन्तिम तीन स्थानका टोली रेलिगेट हुने नियम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ