arrow

जान्नुहोस आजको साईत, शुभलाभादी बेला र राहुकाल समय

तपाइको के छ आजको राशिफल?

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ साउन ३ शनिबार
rashifal-horoscope.jpg

आज मिति २०७७ श्रावण ३ गते शनिबार, इस्वीसंवत जुलाई १८ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणकृष्णपक्षको द्धादशी तिथि रहनेछ । आज मृगशिरा नक्षत्र, विष्कुम्भादि योगमा ध्रुव, करणमा गर, आनन्दादि योगमा वज्र रहनेछ । सूर्य कर्कट राशिमा, चन्द्रमा वृष राशिमा बिहान ८ बजेर २७ मिनेटसम्म त्यसउप्रान्त मिथुन राशिमा प्रवेश गर्नेछ । आज दिनमान ३४ घटि ५ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर २० मिनेटमा यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ५८ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेषः
 समय शुभ छ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।
    
वृषः समय शुभ छैन । अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला । साथ दिनेहरू नहुँदा दुःख पाइनेछ । बाध्यताले अप्ठ्यारो पार्न सक्छ । सामान्य काममा धन र श्रम खर्च हुनेछ । आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ । सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । स्वास्थ्यका लागि व्यायाम र आहारविहारमा ध्यान पुर्याउनुहोला ।

मिथुनः समय अत्यन्तै शुभ छ । केही चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईश्र्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता प्राप्त हुनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ । 

कर्कटः समय खराब रहनेछ । कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । अध्ययनका लागि आजको दिन त्यति उपलब्धिमूलक नभए पनि व्यावसायिक कर्मले गति लिनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । प्रतिफल हातपार्न केही समय लाग्नेछ ।

सिंहः समय शुभ छ । दिन निकै रमाइलो र उत्साहवर्धक रहनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन् । प्रेमको बन्धन कसिनेछ । कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ ।

कन्याः समय सामान्य खालको छ । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ । विशेष योजना तत्काल सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । आज पूर्व दिशाको यात्र नगर्नुहोला । 

तुलाः समय खराब छ । बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्ने सम्भावना छ । विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । फजुल खर्चले चिन्ता बढाउन सक्छ । काममा केही पछि परिने समय छ ।

वृश्चिकः समय शुभ छैन । घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ । काममा केही विलम्ब हुन सक्छ । आफ्नैबाट टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वास गर्दा धोका होला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ । अवसरका लागि गरिएको प्रयत्न व्यर्थ हुन सक्छ, सजग रहनुहोला ।

धनुः समय समय शुभ छ । हाल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । दिगो फाइदा हुने योजना बन्न सक्छ । आफूलाई लाभ नभए पनि सानो प्रयत्न गर्दा सामाजिक काम बन्नेछ । अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ ।

मकरः आज समय राम्रो रहनेछ । नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ ।

कुम्भः स्वास्थ्य भरपर्दो नरहला । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । तपाईंका शत्रू जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस । पेट गड्बडीको सम्भावना बलियो छ । खानपानमा विशेष सतर्क हुनुहोला । आज कसैलाई नगद पैसा सापटी नदिनुहोला । पूर्वतर्फ टाढाको यात्रा नगर्नुहोला ।

मीनः समय खराब रहनेछ । आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दुःख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नयाँ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन । पाहुना बनेर कतै जानु पनि राम्रो हुँदैन ।

साइतः आज मिथुन राशिमा चन्द्रमा छन् त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार हो, पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यताबश अन्य दिशाको यात्रा पनि गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 
बिहान ५ः२० बजेदेखि         ६ः५० बजेसम्म        काल बेला
बिहान ६ः५० बजेदेखि         ८ः२० बजेसम्म        शुभ बेला
बिहान ८ः२० बजेदेखि         ९ः५० बजेसम्म        रोग बेला
बिहान ९ः५० बजेदेखि        ११ः२० बजेसम्म        उद्धेग बेला
बिहान ११ः२० बजेदेखि        १२ः५० बजेसम्म        चर बेला
मध्यान्ह १२ः५० बजेदेखि      २ः२० बजेसम्म        लाभ बेला
दिउँसो २ः२० बजेदेखि        ३ः५० बजेसम्म        अमृत बेला
दिउँसो ३ः५० बजेदेखि        ५ः२० बजेसम्म        काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ