arrow

हुवावेलाई प्रतिबन्ध लगाउँदाको परिणाम विचार गर्न बेलायतलाई चीनको चेतावनी 

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ३ शनिबार
china-spokesperson.jpg

एजेन्सी। पाँच वर्षअघि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र चिनियाँ राष्ट्रपति सी जिनपिङले द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्षको अवसरमा उत्सव मनाएका थिए । दुबै मुलुक निकै नजिक भएको विश्‍वलाई सन्देश दिए पनि अहिले त्यो विषय एक मिठो यादजस्तो मात्र लाग्‍न थालेको छ । हाल बेलायत र चीनबीचको दूरी निकै धेरै बढेको छ । चीनले हङकङका लागि नयाँ सुरक्षा कानुन लागु गरेसँगै बेलायत-चीनको दूरी बढेको हो । चीनले बेलायतसँग गरेको सम्झौता विपरीत हङकङमा नयाँ कानुन लागु गरेको थियो । 

उक्त कानुन लागु गरेसँगै आक्रोशित बनेको बेलायतले चिनियाँ टेलिकम्युनिकेशन कम्पनी हुवावेलाई आफ्नो ५ जी नेटवर्कमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले विगतमा हुवावेलाई प्रतिबन्ध लगाउन बेलायतलाई गरेको आग्रह अस्विकार गरेको थियो। तर अहिले यस्तो अवस्था आयोकी बेलायत आफैले हुवावेमाथि प्रतिबन्ध लगायो। उक्त प्रतिबन्धपछि चीनले यसको परिणामबारे विचार गर्न बेलायतलाई चेतावनी दिएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सन् २०२७ सम्म बेलायतको ५ जी नेटवर्कबाट हुवावेका सम्पूर्ण उपकरण हटाइसक्न निर्देशन दिएका छन् । बेलायतले हुवावेमाथि प्रतिबन्ध लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त निर्णयमा जस लिएका छन् ।  

अमेरिकी राष्ट्रपति ट्रम्पले बलायती प्रधानमन्त्री बोरिस जोन्सनको हुवावेलाई बेलायतको ५ जी नेटवर्कमा प्रतिबन्ध लगाउने निर्णयमा आफू जिम्मेवार रहेको बताएका हुन् । उनले भने, "हामीले धेरै मुलुकहरुलाई कन्भिन्स गरेका छौं । मैले नै हुवावे प्रयोग नगर्न भनेर धेरै मुलुकहरुलाई भनेको छु । बेलायतमा पनि हुवावेमाथि प्रतिबन्ध मैले गराएको हो । किनभने यो सुरक्षाका दृष्टिकोणले असुरक्षित र खतरापूर्ण छ । यो ठूलो सुरक्षा खतरा हो ।"

यो प्रतिबन्धसँगै विश्वको सबभन्दा ठूलो टेलिकम उपकरण कम्पनी हुवावेलाई पश्‍चिमा मुलुकबाट लखेटिएको सन्देश प्रवाहित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ