arrow

गाउँमा एउटा सहकारी खोल्यो साथीले

logo
मातृका अर्याल
प्रकाशित २०७७ साउन ३ शनिबार
matrika-aryal.jpg

गाउँमा एउटा सहकारी खोल्यो साथीले
दुईचार जना सिधा गाँउले भेला गरि
तिनको बिचमा,
अब हामी शोषणवाट बच्नुपर्छ भनी 
झ्याप्प बोल्यो साथीले
गाउँमा एउटा सहकारी खोल्यो साथीले ।

बिचरा अरु उपाए केही नभए पनि
उसले म त अलि बुझेको मान्छे हुँ
तपाईहरुलाई मैले जगाउनु पर्छ भनि 
झ्याप्प बोल्यो साथीले
गाउँमा एउटा सहकारी खोल्यो साथीले ।

वडा,  नगर, प्रदेश, मन्त्रालय धाइ 
गरिबलाई सहयोग गर्ने भनि
अनुदान र सहयोग माग्न
त्यहीं झ्याप्प बोल्यो साथीले
गाउँमा एउटा सहकारी खोल्यो साथिले ।

अनुदान ल्यायो सँगै दईचार पर्सेन्ट
काम पनि गर्दै
बाँकी रकमको लागी फर्जी बिल भर्दै
यि हिसाब त मिल्या छ त 
भनि झ्याप्प बोल्यो साथीले
गाउँमा एउटा सहकारी खोल्यो साथीले ।

विशेष काम छ भनि सदस्यका लालपुर्जा लियो
बैंकले पनि सस्तो दरमा कृषिकर्जा दियो
त्यहि कर्जाको रकम दुई रुपैयामा लाउन 
कहा सस्तोमा ऋण पाइन्छ भनि झ्याप्प बोल्यो साथीले
गाउँमा एउटा सहकारी खोल्यो साथीले ।

घर बनाई गाडी किनी सानमान जोडी
सस्तो कर्जा रकमलाई महंगोमा मोडी
ब्याज रकम असुल गर्न, 
सिधा गरिबलाई थर्काउन 
पैसा लेउ भनि झ्याप्प बोल्यो साथीले
गाउँमा एउटा सहकारी खोल्यो साथीले ।

वालिङ नगरपालिका त्रियासी, स्याङजा ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ