arrow

ट्विटर ह्याक: प्राइभेट म्यासेजदेखि सबै जानकारी समेत चोरी

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ३ शनिबार
twitter-office.jpg

काठमाडौं। दुई दिनअघि भएको ट्विटर ह्याकमा ह्याकरहरुले व्यक्तिगत जानकारी समेत चोरेको ट्विटरले खुलासा गरेको छ। पूर्व अमेरिकि राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्या पर कानिय वेस्ट लगायतकाको ट्विटर ह्यान्डल ह्याक भएका थिए।

उनीहरुको अकाउन्टसँगै ह्याक गरेर १ हजार डलर हाल्नुस म २ हजार फिर्ता गर्छु भन्दै पोष्ट गरिएको थियो। त्यसक्रममा झण्डै १ लाख डलर पैसा ह्याकहरुले कमाएको बताइएको छ। अनुसन्धानका क्रममा ट्विटरले ह्याकरहरुले ट्विटरका स्टाफले मात्रै पहुँच पाउने उपकरणको नक्कल बनाएर ती अकाउन्टमा पहुँच बनाएको निश्कर्ष निकालेको छ।

ह्याकरहरुले १ सय ३० जनाको अकाउन्ट लक्षित गरेको र तीमध्ये ४५ जनाको मात्रै ह्याक भएको जनाएको छ। अनुसन्धानका क्रममा ह्याक भएका प्रयोगकर्तामध्ये ८ जनाको सबै व्याक्तिगत जानकारी समते चोरी गरेको ट्विटरले जनाएको छ। ट्विटरको अर्काइभ डाटा डाउनलोड गर्दा पूराना एवं डिलीट गरिएका सबै व्याक्तिगत म्यासेज, फोटोहरु, फोन नम्बर, ठेगाना, इमेललगायतका कुराहरु चोरी गरेको ट्विटरले बताएको छ।

तर, खुसीको कुरा के भने चोरी गरिएको डाटाहरु कुनै पनि भेरीफाइड प्रयोगकर्ताको नरहेको खुलेको छ। अमेरिकि राष्ट्रपतिया चुनावमा उठ्ने उम्मेदवार जो बाइडेनका म्यासेजहरु करोडौ मूल्यका हुनसक्थे। किम कारर्दशियन वेष्ट, काने वेष्ट, एलन मस्क, जेफ बेजोस एवं विलगेट्सका व्याक्तिगत म्यासेजहरु निकै महत्वपूर्ण हुन सक्थे।

तर, ह्याकरहरुले उनीहरुको कुनै पनि विवरण चोरेका छैनन्। अहिले समेत ८ ओटा अकाउन्ट ह्याकहरुको पहुँच रहेको ट्विटरले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेका छ। ह्याक कसले गर्‍यो भन्ने कुरा खुल्न नसकेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ