arrow

म्यान्चेस्टर सिटीलाई हराउँदै आर्सनल एफए कपको फाइनलमा 

logo
प्रकाशित २०७७ साउन ४ आइतबार
arsenal22.jpg

काठमाडौं । आर्सनल एफ ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनलको खेलमा म्यान्चेस्टर सिटीलाई २–० गोल अन्तरले हराउँदै आर्सनल फाइनलमा पुगेको हो । आर्सनलको जितमा पियरिक ईम्रिक अबुमियाङले दुवै गोल गरेका थिए ।

सिटीको सहायक प्रशिक्षकको जिम्मेवारी छाड्दै मिकेल अर्टेटा गत डिसेम्बरमा आर्सनल आएका थिए । उनले पहिलो सिजनमै पूर्व क्लब सिटीलाई हराउँदै लण्डन क्लबलाई उपाधिको नजिक पुर्याएका छन् ।

आर्सनलले अब अगष्ट १ मा उपाधिका लागि फाइनल खेलमा खेल्नेछ । 

अर्को सेमिफाइनलमा चेल्सी र म्यान्चेष्टर युनाइटेड भेट्दै छन् । 

यो सेमिफाइनल युनाइटेडको मैदानमा आइतबार राति १०ः४५ बजे हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ