arrow

अन्ततः साँढे र गाईबीच भयो पुनर्मिलन [भिडियोसहित]

logo
प्रकाशित २०७७ साउन ४ आइतबार
bull-cow.jpg

काठमाडौं । प्रेम अजबको हुन्छ । प्रेम मानिसबीच मात्र हैन जनावरमा पनि हुन्छ । त्यो त उनीहरुको व्यवहारले देखाउँदै आएको छ । 

त्यस्तै भएको छ भारतको तमिलनाडु राज्यस्थित मदुराईमा । मन्जमलाईको मन्दिरमा एक साँढेले एउटा लरीलाई एक किलोमिटरसम्म पछ्यायो । 

त्यसको एउटै कारण थियो कि उक्त लरीमा एउटा गाईलाई लगिँदै थियो । साँढेले आफ्नो साथीसंगको विछोड सहन सकेन र पछ्याइरह्यो । 

यिनीहरुबीच देख्यो कि लभ परेको भने हैन । यसको पनि इतिहास छ । दुवै साँढे (मन्जमलाई) र गाई (लक्ष्मी) लामो समयदेखि एकैठाउँमा बस्दै आइरहेका थिए । 

उनीहरु गत सोमबार विछोड हुनुपूर्वसम्म पलामेन्दुको घरमा बस्दै आइरहेका थिए । घर मालिकले आर्थिक संकट खेप्नु परेपछि गाईलाई बेच्ने निर्णयमा पुगेका थिए । 

कोरोना भाइरसको महामारीले लकडाउन लागेपछि घर मालिकलाई संकट आइलागेको हो । 

गाईलाई बेचेपछि साँढेले गाई रोक्ने अनेक प्रयास गर्यो । तर सफल भएन । 

यो घटना सामाजिक संजालमा भाइरल भएको छ । मानिसहरुले सहयोगका लागि हातसमेत बढाएका छन् । 

तमिलनाडुका उपमुख्यमन्त्री ओ पन्निरसेल्भाका छोरा ओ जयप्रदीप पनि त्यसमध्येका एक हुन् । 

उनले खरिदारवालालाई उक्त रकम दिएर गाई किनेका छन् । र उक्त गाईलाई पुनः मन्दिरमा दान गरिएको छ । 

र अन्ततः लक्ष्मी र मन्जमलाईबीच पुनर्मिलन भएको छ । थुप्रै मानिसले गाई र साँढेबीचको पुनर्मिलनका लागि  मन्दिरमा सहयोगसमेत उठाइरहेका छन् । 

उचित प्रयोजनका लागि उठाइएको चन्दाको चर्चा अहिले भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ