arrow

बढ्यो सम्बन्धविच्छेद र जबर्जस्ती करणीका मुद्दा

logo
प्रकाशित २०७७ साउन ४ आइतबार
women.jpg

उदयपुर । उदयपुर जिल्लामा बर्सेनी सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दा बढ्दै गएको छ । आर्थिक वर्ष २०७६-७७ को असार मसान्त सम्ममा जिल्लामा दुई सय १८ मुद्दा सम्बन्ध विच्छेद सम्बन्धी रहेको जिल्ला अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए । 

यस्तै सोही आवमा ८३ वटा मुद्दा जबर्जस्ती करणी सम्बन्धी रहेका छन् । तीन वर्षदेखि निरन्तर रुपमा सबैभन्दा बढी अदालतमा सम्बन्ध विच्छेद र त्यसपछि जबर्जस्ती करणीका मुद्दा वृद्धि हुँदै गएको अदालतले जनाएको छ । जिल्ला अदालतले हालै न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक कार्यक्रमअन्तर्गत कार्य सम्पादन समीक्षा सार्वजानिक कार्यक्रममा सो जानकारी दिइएको हो ।

लागुऔषध सम्बन्धीका मुद्दाहरु पनि बढ्दै गएको छ । जिल्ला न्यायाधीश दीपक खनालका अनुसार यस्ता घटनामा वृद्धि हुनुमा समाजमा संस्कार चेतना र कानूनी ज्ञानको अभाव रहेको छ ।  जिल्ला न्यायाधीश तीर्थ केसी भन्छन्, “गरिबी, चेतनाको अभाव कतिपय सामाजिक संस्कार र कुरीतिका कारण बर्सेनी यस्ता घटनाहरु बढ्नाका मुख्य कारण हुन् ।”

आव ०७६-७७ मा जिल्ला अदालतले झण्डै ६४ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको थियो । अदालतले एक वर्षभित्र ६ सय ५९ वटा  अर्थात् ५७ प्रतिशत मुद्दाहरु किनारा लगाएको छ । न्याय सम्पादनलाई छिटो र सरल तरिकाले निरुपण गर्न, प्रशासनिक तथा कार्य सम्पादन सुधारमा अदालतले उच्च प्राथमिकता दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ