arrow

किन हुन्छ श्रीमान्-श्रीमातीबीच झगडा, खुल्यो कारण

logo
प्रकाशित २०७७ साउन ४ आइतबार
angry.jpg

काठमाडौं । प्राय मानिसहरु विवाह अघि विवाहित जीवन धेरै सुन्दर हुने कल्पना गर्छन् । तर विवाहपछि स-साना कुरामा जीवनसाथीसँग झगडा पर्न थाल्छ ।  तपाईको पनि जीवनसाथीसँग झगडा चलिरहेको छ भने यसको पछि कयौ कारण हुन सक्छ ।

सम्बन्धलाई अघि बढाउन दुवै जीवनसाथीको सहयोगका साथै ग्रह-नक्षत्रको पनि भूमिका हुन्छ । यसै बिषयमा अमेरिकामा एक रिसर्च गरिएको छ । जसमा श्रीमान्-श्रीमाती बीच झगडाको कारण खुलेको छ ।

व्यक्तिको शरीरको रंग, रूप र व्यवहारको विवाहित जीवनमा ठुलो भुमिका राख्छ । रिसर्चका अनुसार श्रीमान्-श्रीमाती बीच झगडाको एक कारण उनीहरुको जीन पनि हो । रिसर्चमा जीनले मनिसहरुको वैवाहिक सम्बन्धमा अहम भूमिका खेलेको पाइएको छ ।

अमेरिकामा गरिएको शोधमा १ करोड विवाहित दम्पतीलाई सहभागि गराइएको थियो । शोधमा झगडा भैरहने दम्पतीलाई सहभागि गराइएको थियो ।  शोधका क्रममा सबैसँग एकै प्रश्न सोधिएको थियो । प्रश्नमा उनीहरुको व्यक्तिगत समस्याहरुको बारे सोधिएको थियो ।  

शोधमा जीनमा परिवर्तन हुनका कारण मानिस आफ्नो विवाहित जीन्दगीमा खुशी नरहेको पाइयो । अक्सीटोसिन रिसेप्टर जीन भएका व्यक्तिहरुको हार्मोनमा प्रभावले व्यवहारमा पनि परिवर्तन भएको पाइएको छ ।  व्यवहारमा हुने उतार-चढ़ावले मानिसहरुलाई मानसिक तनाव बढ्छ।

रिसर्चमा केहि दम्पती निकै खुशी पनि थिए । अनुसन्धानमा पाइयो कि ओएक्सटीआर नामको जीन उनीहरु भित्र थिएन । यसबाट यो कुराको प्रमाणित भएको छ कि वैवाहिक सम्बन्ध सफल बनाउन जीन एक ठुलो कारक हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ