arrow

क्यान्सर पिडित ओम बहादुर उपचार खर्च अभावमा छटपटाउदै

logo
जीवन शर्मा,
प्रकाशित २०७७ साउन ४ आइतबार
cancer-patient.jpg

ओखलढुंगा। घाँटीको क्यान्सर पिडित सिद्धिचरण नगरपालिका वडा नम्बर ११ का ओम बहादुर सुनुवार उपचार अभावमा छटपटाइ रहेका छन् । गरिवीका कारण समयमै उपचार गराउन नसकेपछि उनी ओछ्यानमा थला परेका हुन् ।  कृषि विकास बैंक ओखलढुंगामा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका उनलाई तीन बर्ष अघि क्यान्सर देखा परेको थियो । 

उपचार पछि विचमा केही समय ठिक भएर जागिरमा जान थालेका उनलाई फेरी क्यान्सर बल्झिएर घाँटीको घाउबाट पिप बग्न थालेको छ । उपचार खर्च गर्न नसकेर उनलाइ थप उपचारका लागि कतै लैजान नसकेको सुनुवारका घर परिवारका सदस्यहरुले बताएका छन् । सुनुवारलाई कृषि विकास बैंकले गत जेठ महिना देखि तलव दिन छाडेको छ । उनलाई उपचारका लागि पटक पटक काठमाण्डौं लगेर ७ लाख भन्दा बढी रकम सकिसकेको ओम बहादुरकी श्रीमती विष्णु कुमारी सुनुवारले बताइन । 

कृषि विकास बैंकले पनि उनलाई अहिले करारको जागिर भएकाले केही गर्न सक्ने अवस्था नहरेको बताउदै आएको उनको भनाइ छ । सुनुवारका जुम्ल्याहा छोरा १५ बर्षका छन् । श्रीमती विष्णु पनि खाद्य तथा व्यापार कम्पनी लिमिटेड ओखलढुंगामा ज्यालादारी कर्मचारीका रुपमा कार्यरत छिन् । उनि कार्यालय गएका दिन चार सय पाउछिन नत्र अरु आम्दानी केही छैन् । बाबु स्वस्थ हुँदा सम्म बोर्डिङ स्कूलमा पढाउदै गरेका छोराहरुलाई खर्चको अभावमा सरकारी स्कुलमा पढ्न पठाएको विष्णुले बताइन् । 

स्थायी घर खिजीदेम्बा गाउँपालिका वडा नम्बर ५ भएका सुनुवार विगत १८ बर्षदेखि जिल्ला सदरमुकाम बस्दै आएका थिए । विगत ३ बर्षदेखि सिद्धिचरण नगरपालिका ११ गोरुमारेस्थित माइतीले दिएको २ रोपनी जग्गामा घर बनाएर बस्न थालेपनि उक्त घर जग्गा बैंकमा धितो राखेर श्रीमानको उपचारमा खर्च गरेकाले त्यही जग्गा समेत लिलाम गर्ने दिन आउछकी भन्ने चिन्तामा रहेको विष्णु सुनुवारले दुखेसो पोखिन् । करिव ८ लाख खर्च गरेर उपचार गरेपछि ठिक भैसकेको क्यान्सर पूनः बल्झिएको र थप उपचारका लागि खर्च अभावकै कारण कही लैजान नकसकेको विष्णुको बताइन् । 

श्रीमान विरामी परेदेखि उनकै स्याहार सुसारमा लाग्नु पर्दा ज्यालादारी जागिरबाट दैनिक खादै आएको चार सय समेत गुमेको छ । गरिवीका कारण उपचार गर्न नसकेर ओछ्यानमा थला परेका ओम बहादुरको थप उपचारमा सहयोग गरी उनको जीवन रक्षाका लागि सक्दो आर्थिक सहयोग जुटाउन सबैसंग अपेक्षा गरेको ओमकी श्रीमति विष्णुले बताइन् । क्यान्सर पिडित ओमको अवस्था देखेर उनलाई उपचारमा सहयोग पुर्याउन सुनकोशी गाउपालिका ५ मूलखर्ककाक प्रदीप कुमार तामाङले पाँच हजार सहयोग गरेका छन् । तामाङले विरामी सुनुवारको घरमै गएर उक्त सहयोग गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ