arrow

चेल्सी एफएकपको फाइनलमा, आर्सनलसंग उपाधि भिडन्त

logo
प्रकाशित २०७७ साउन ५ सोमबार
chelsea33.jpg

काठमाडौं । चेल्सी इंगलिश एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बली स्टेडियममा आइतबार राति भएको दोस्रो सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै चेल्सी फाइनलमा पुगेको हो ।

चेल्सीलाई जित दिलाउन ओलिभर जिरुड र मासन माउन्टले एक एक गोल गरे । युनाइटेडका कप्तान ह्यारी मग्वाएरले आत्मघाती गोल गर्दा ब्रुनो फर्नान्डेसले एक गोल फर्काए ।

चेल्सीले उपाधिका लागि अगष्ट १ तारिखमा आर्सनलसंग खेल्नेछ । वेम्बलीमा आर्सनल कीर्तिमानी १४ औं पटक उपाधि जित्ने सुरमा हुनेछ ।

आर्सनलले सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई २–० गोल अन्तरले हराएर फाइनलमा स्थान बनाएको थियो ।प्रिमियर लिगमा भने आर्सनल कमजोर टिम बनेको छ । म्यानचेस्टर सिटी दोस्रो तथा चेल्सी तेस्रो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ