arrow

बालिकालाई जबरजस्ती गर्ने नेकपा सिन्धुलीका नेता देवकोटा पक्राउ, बालिका गर्भवती

खुर्कोटको नेपाली चुलोका साहुसमेत रहेका देवकोटाले डरत्रास देखाउँदै माघदेखि बालिकालाई पटक पटक करणी गरेको खुलासा

logo
प्रकाशित २०७७ साउन ५ सोमबार
Handcuffs.jpg.png

सिन्धुली। सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–७ नेकपाका वडा कमिटिका सचिब ४५ बर्षीय बिदुरप्रसाद देवकोटा पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार राति प्रहरीले देवकोटालाई पक्राउ गरेको हो ।

सोही ठाउँकी १५ बर्षिया बालिकालाई पटक–पटक करणी गरेको उजुरी बालिकाका आफन्तले दिएपछि देवकोटालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । 

बालिकाका आफन्तले आइतबार दिउँसो उक्त उजुरी ईलाका प्रहरी कार्यालय खुर्कोटमा दर्ता गराएका थिए । इलाका प्रहरी कार्यालयका ईन्चार्ज तथा प्रहरी निरिक्षक शान्ता वाईवाका अनुसार पक्राउ परेका देवकोटाले बालिकालाई २०७६ माघ महिनादेखि पटक–पटक करणी गरेको खुलेको छ । 

बालिकाले पेट दुख्यो भनेपछि आफन्तले शनिवार सुनकोशी मेडिकलमा जाँच गर्न ल्याएका थिए । स्वास्थ्य परिक्षणका क्रममा उनी गर्भवती भएको खुलेपछि देवकोटाले करणी गर्दै आएको घटना बाहिर आएको हो ।

पीडित बालिकाले घाँस काट्न जान नदिई जबर्जस्ती गरेको प्रहरी समक्ष बयानमा बताएकी छिन् । अभियुक्त देवकोटाले बालिकालाई विभिन्न धाकधम्की र डरत्रास देखाएर कसैलाई पनि घटना बारेमा नबताउन दवाव दिइएको पीडित बालिकाले बताएकी प्रहरी निरिक्षक वाईवाले बताइन् ।

बालिका करणी अभियोगमा पक्राउ परेका देवकोटा खुर्कोटमै रहेको नेपाली चुलो होटलका सञ्चालक र नेपाल कम्युनिष्ट पार्टी नेकपा गोलन्जोर गाउँपालिका वडा नम्बर–७ का वडा कमिटीका सचिव हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ