arrow

बार्सिलोनाले जित्यो ला-लिगा उपाधि

logo
प्रकाशित २०७३ जेठ १ शनिबार
Granada-v-Barcelona.jpg.jpeg
काठमाडौं। स्पेनको फुटबल लीग ला-लिगाको उपाधि बार्सिलोनाले जितेको छ। लीगको अन्तिम खेलमा ग्रानाडालाई ३-०ले पराजित गर्दै बार्सिलोनाले उपाधि हात पारेको हो। 
 
ग्रानाडा बिरुद्धको खेलमा २२औं मिनेटमा लुईस स्वारेजले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए। त्यसैगरि ३८औं मिनेटमा स्वारेजले गोल गर्दै २-०को अग्रता दिलाए भने फेरि पनि स्वारेजले ८६औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए। 
 
यो उपाधिसँगै बार्सिलोनाले २४औं पटक ला-लिगाको उपाधि जितेको छ। ३८ खेलमा ९१ अंकका साथ बार्सिलोना प्रथम भयो भने उती नै खेलमा ९० अंकका साथ रियाल मड्रिड दोस्रो स्थानमा रहेको छ। 
४० गोल गर्दै बार्साका लुईस स्वारेज ला-लिगा २०१५-१६का सार्वाधिक गोलकर्ता भएका छन्। रियाल मड्रिडका क्रिष्टियानो रोनाल्डो ३५ गोल गर्दै दोस्रो स्थानमा रहेका छन्। त्यसैगरि बार्साका लियोनल मेस्सी २६ गोल गर्दै तेस्रो स्थानमा रहेका छन्। 
 
 क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको नाममा लगातार छैठौं सिजन रहिरहेको सार्वाधिक गोलकर्ताको उपाधि स्वारेजको नाममा गएको छ। 
 
दोस्रो स्थानमा चित्त बुझाउनु परेको रियाल मड्रिडले डेपोरटिभो ला कोरुनालाई २-० गोलले पराजित गरेको छ। रियालकालागि दुवै गोल रोनाल्डोले गरेका थिए। खेलको ७औं र २५औं मिनेटमा रोनाल्डोले गोल गरेका थिए। ला-लिगामा दोस्रो स्थानमा चित्त बुझाएको रियालले च्याम्पियन्स लिग फाईनलमा एथ्लेटिको मड्रिडको सामना गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ