arrow

मदिरा पिएको बेला कुटिएरै मारिए कुलबहादुर

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ साउन ५ सोमबार
Death-body-nepali-simbol.jpg.jpeg

स्याङ्जा। स्याङ्जामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । स्थानीय युवाहरुको कुटपिटबाट स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ३ कमेरेका ४५ वर्षिय कुलबहादुर सार्कीको मृत्यु भएको हो । 

स्थानीय २१ वर्षिय युवा अन्तिल ज्ञामी र १८ वर्षका पूर्णबहादुर खड्काले कुटपिट गर्दा सार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता तथा डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

कुटपिटबाट घाईते भएका सार्कीलाई गाउँकै चन्द्रबहादुर सोतिको खालि रहेको घरमा एक्लै छोडेका कारण उपचार नभएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख बिमलराज कँडेलले बताए । मदिरा पिएर झगडा हुँदा घट्ना भएको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ