arrow

भ्रष्टाचार बढेपछि बेलौरी नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ साउन ५ सोमबार
belauri-vdc.jpg

कञ्चनपुर । नगर भित्रका योजना निर्माणमा भइ रहेका व्यापक भ्रष्टाचार नियन्त्रणका लागि पटकपटक ध्यानाकर्षण गरे पनि सुनुवाइ नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कंचनपुरको बेलौरी नगरपालिकामा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । 

सोमबार नेपाली कांगेसका बेलौरी नगर छायाँ सरकारका प्रमुख तथा प्रमुख  हरेन्द्र सिंह विष्टको नेतृत्वमा गरिएको विरोध कार्यक्रममा नगरपालिकाको कार्यालयमा ताला लगाइएको हो ।

नगरप्रमुख पोतिलाल चौधरीलाई पटक पटक विकास निर्माणका काममा ध्यानाकर्षण गराउँदा समेत नगरप्रमुख चौधरीले आफ्ना कार्यकर्ता पालनपोषण गर्न बाहेक अरु केहि नगरेकाले नगरपालिकाका कार्यालयमा तालाबन्दी गरिएको नेपाल कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति गोपि प्रसाद उपाध्यायले बताए ।

विरोध कार्यक्रममा नेपाली काग्रेसका नेता तथा कार्यकर्ताले नगरप्रमुख चौधरीका विरुद्धमा नाराबाजी समेत गरेका छन । नगरपालिका कार्यालयमा तालाबन्दी गरेको नेपाली कांगेसले बजार परिक्रमा गरि नाराबाजी समेत गरेका छन् । बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले छलफलमा बसेर समस्या समाधान गरिने बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ