arrow

आईपीएल क्रिकेट: मेस्सी र रोनाल्डो एउटै टिममा, बैंगलोर बिजयी

logo
प्रकाशित २०७३ जेठ १ शनिबार
IPL_kohli_dviliiers.jpg.jpeg
काठमाडौं। फुटबलको एउटै टोलीमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी भए जस्तो रोयल च्यालेन्जर्स बैंगलोरमा एबी डिविलियर्स र विराट कोहली रहेका छन्। दोस्रो विकेटकालागि २२९ रनको साजेदारी गर्दै आईपीएलमा नयाँ रकेर्ड कायम गरेका छन्। 
 
डिविलियर्सले ५२ बलमा १२ छक्का र १० चौकाको मदतले १२९ रन बनाएका थिए भने कोहलीले ५५ बलमा ८ छक्का र ५ चौकाको सहायताले १०९ रनको योगदान गरेका थिए। टस जितेर बैंगलोरलाई ब्याटिङ गर्न निम्ताएको गुजरात लायन्सका बलरहरुमा रविन्द्र जडेजाले ४ ओभरमा ३४ रन दिएका थिए भने प्रविण कुमारले २ विकेट लिएका थिए।
 
उक्त खेलमा डिविलियर्स र विराट कोहलीलाई कुनै पनि बलरहरुले बाँध्न सकेनन्। दुवै ब्याट्सम्यानहरु खुलेर खेले र आफुले चाहेको स्थानमा रन बनाईरहेका थिए।
 
कप्तान कोहलीले क्रिकेटको किताबमा भएका सबै सट खेलिरहेका थिए भने डिविलियर्सले किताबमा नभएका सटहरु पनि खेलिरहेका थिए। दुवै ब्ायट्सम्यान अहिलेको क्रिकेटमा सबैभन्दा राम्रा र कुनै पनि परिस्थितीमा खेल्न सक्ने भनेर मानिन्छन्। 
 
ब्याटिङमा चम्के जस्तै बैंगलोरका बलरहरु पनि चम्केका थिए। बैंगलोरका क्रिश जोर्डनले ४ विकेट लिएका थिए भने युजभेन्द्र चहलले ३ विकेट लिंदै गुजरातलाई १८.४ ओभरमा १०४ रनमा समेटेका थिए। गुजरातका एरोन फिन्चले ३७ रन बनाएका थीए भने रविन्द्र जडेजाले २१ रनको योगदान दिएका थिए। 
 
खेलका प्लेयर अफ द म्याच एबी डिविलियर्स घोषित भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ