arrow

पुर्व पश्चिम राजमार्गको रौतहट खण्ड फेरि अवरुद्ध

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७७ साउन ५ सोमबार
flood-disturb-east-west-hig.jpg

रौतहट। आइतबारदेखि परेको अबिरल बर्षाका कारण सोमबार पुर्व पश्चिम् राजमार्ग अवरुद्ध भएको छ। बर्षाका कारण आएको बाढीले सोमबार दिउँसोबाट पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

अविरल बर्षाका कारण चन्द्रपुर २ स्थित लच्कामा आएको बाढीले सडक अवरुद्ध गरेको हो । सडक अबरुद्ध हुँदा ४ सय भन्दा बढी साना, ठूला सवारीसाधन अलपत्र परेका छन् ।

गत असार २६ गते पनि सोही स्थानमा बाढी आएका कारण राजमार्ग अबरुद्ध भएको थियो । राजमार्गमा गुड्ने ठूला साधनलाई पालैपालो पास गराएपनि साना साधनहरु जान सक्ने अवस्था नरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक शैलेस न्यौपानेले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय, तथा जिल्ला ट्राफिक र सशस्त्र प्रहरीले बाढीको अवस्था हेरेर ठूला गाडीलाई पालैपालो गरि पास गराउने गरेको न्यौपानेले जानकारी दिए। लच्कामा बाढीका कारण दर्जनौ  मालबाहक ट्रक, साना जिप, कार, मोटरसाईकल र एम्बुलेन्स रोकिएका छन् । पानीले निकाश नपाउँदा जिल्लाका दक्षिणी र उत्तरी भुभागका  केही गाउँ डुबानमा परेका छ्न् ।

गढीमाइ नगरपालिका, चन्द्रपुर नगरपालिका, गौर, इशनाथ लगायत धेरै नगरपालिकाका बस्तीमा पानी पसेको त्यहाँका स्थानीयबासिन्दाले जानकारी दिएका छ्न् । केही नदीहरुमा पानीको बहाव बढेर खतराको तहसम्म पुग्ने अनुमान गरिए पछि जिल्लामा त्रास बढेको छ ।

गत वर्ष असार र साउनमा लगातारको बर्षा पछि जिल्लाको ८० प्रतिशत भूभाग डुबानमा परेको थियो भने करोडौंको क्षति भएको थियो । यस बर्ष पनि बाढीका कारण समस्या आउने भन्दै जिल्लाबासी त्रसित बनेका छन् । यो हरेक बर्षामा भोग्नु पर्ने समस्या भएपनि नेपाल सरकारले समाधान खोज्नेतर्फ खासै ध्यान नदिएको भन्दै सधैं आलोचना हुने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ