arrow

हुवावेका कर्मचारीलाई अमेरिकी भिसामा प्रतिबन्ध

हुवावेसँग काम गर्नु मानवअधिकारको हनन गर्नु रहेको अमेरिकी विदेशमन्त्रीको भनाई

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ६ मंगलबार
huwaie.jpg

काठमाडौं। संयुक्त राज्य अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावेका कर्मचारीको भिसामा प्रतिबन्ध लगाएको छ । त्यसैगरी हुवावे सामग्री वितरण गर्नेहरुमाथि प्रतिबन्ध लगाएको जनाइएको छ ।

हुवावेले मानवअधिकारको दुरुपयोग गरेको भन्दै उक्त प्रतिबन्ध लगाएको अमेरिकाले जनाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले उक्त प्रतिबन्धको घोषणा गर्दै भने, "विश्वभरका टेलिकम्युनिकेशन कम्पनीहरूले आफैंलाई ध्यानमा राख्नुपर्छ, यदि उनीहरुले हुवावेसँगै व्यवसाय गरिरहेका छन् भने उनीहरू मानवअधिकार दुरुपयोग गर्नेहरूको साथ व्यवसाय गरिरहेका छन् ।" 

हुवावेले चिनियाँ कम्युनिस्ट पार्टीका सेनालाई सूचना पुर्‍याउने काम गरेको जनाइएको छ । चीनले सिन्जियाङमा व्यापक मानवअधिकार उल्लंघन गरेकोसमेत आरोप लगाएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनीहरुको 'विश्वासका लायक' नहुने बताएका थिए । उनले भनेका थिए, "हामी विश्वासघाती चिनियाँ कम्पनीसँग कारोबार गर्न चाहँदैनौं । हामीले धेरै मुलुकहरुलाई यसबारेमा बताएका छौं कि हुवावे एक ठूलो खतरा हो ।" 

अमेरिकाले चिनियाँ टेलिकम्युनीकेसन कम्पनी हुवावे र जेडटीई कर्पलाई ठूलो खतराको रुपमा चित्रण गरेको छ । यसअघि बेलायतले पनि हुवावेलाई आफ्नो ५जी नेटवर्कमा काम गर्न प्रतिबन्ध लगाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ