arrow

बाजुरामा बाढी-पहिरो: पक्की पूल बगाउँदा साफें-मार्तडी सडक अवरुद्ध

logo
दयाराम पण्डित,
प्रकाशित २०७७ साउन ६ मंगलबार
Bajura-bridge-collapse.jpg

बाजुरा। साफें–मार्तडी सडक खण्ड अन्तरगत बुढिगंगा नगरपालिका वडा न २ घट्टेखोलाको पक्की पुल खोलाले बगाएको छ। आइतबार राति परेको अविरल बर्षासंगै घट्टेखोलामा बाढी आएसंगै उक्त पुल बगाएको हो ।

साफे मार्तडी सडक अन्तर्गत धेरै ठाउँमा पहिरो आएर सोमवार देखि यातायात पुर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टकंप्रसाद भट्टराईले जानकारी दिएका छन्  ।

पुल  खोलालले बगाएसंगै ओमकोटमा  निरन्तर पहिरो जानथाले पछि दुई हप्तादेखि सडक अवरूद्ध भएको छ । घट्टेखोलाको पक्की पूल बगाएपछि सांफे—मार्तडी सडक सञ्जाल पूर्णरुपमा बन्द भएको छ ।

‘घट्टे खोलाले बगाएर ल्याएका ढुंगामुढा अड्कीएपछि बाढी ताँप्रीसेरा बजार पसेको हो । पुलसंगै बजार पनि बगायो । घरखेत केही राखेन।‘ बाडीपहिरो पिडित बसन्त थापाले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

साँफे मार्तडी सडक खण्डका दर्जर्नौ ठाउँमा पहिरो गएको छ । पहिरोको कारण गोरेटो बाटो पनि जोखिममा छन् । यातायात अबरुद्ध भएपछि बाजुरामा खाद्यन्न लगायत दैनिक उपभोग्य सामानको हाहाकार हुनेमा स्थानीय  चिन्तित छन् ।

आईतबार राति अविरल वर्षासंगै आएको बाढी पहिरोले बुढीगंगा नगरपालिकाको कुँडी, बजेडी, नडाङ, मुशी ताँप्रीसेराका पुरै बस्तीहरु बिस्थापित भएका छन् ।  पानीमुल खोला र ठाँडो खोलाबाट आएको बाढीले खोला छेउछाउका मुसी, खर्रा र ताँप्रीसेराका खेतियोग्य जमिन बगरमा परिणत भएको बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष हिरालाल थापाले बताए  ।

राति आएको अविरल बर्षाले बजेडीका ६ परिवारका घर माथिबाट पहिरो आएपछि घरहरु चर्के पछि बिस्तापित भई छिमेकीको घरमा सरेका छन् । पहिरोले पुरैगाउ जोखीममा रहेको वडा अध्यक्ष  थापाले जानकारी दिए ।

त्यसैगरी नडाङका १० परिवारका घर चर्कीएपछि स्थानीयबासिन्दा  शिवशंकर प्राविमा बसेको स्थानीय रमानन्द उपाध्यायले बताए  ।

बल्दे, ओम्कोटमा पहिरोका कारण राष्ट्रीय प्रसारण ग्रिडको पोल बगाएको छ। केही पोल बुढिगंगा नदीमा डुबेका छन् । निरन्तर पहिरो जानेक्रम जारी भएकोले केकति क्षती भयो एकिन जानकारी नआएको  नेपाल विद्यूत प्राधिकरण बाजुरा वितरण केन्द्र प्रमुख  महेशचन्द्र  भट्टले जानकारी दिए । बाढि पहिरोको वितण्डाले बार्जुगाड मार्तडी सडकखण्डसंगै विदुत लाइन पनि जोखिममा छन् ।

यता ताँप्रीसेरा बजार भित्रै बाढी पसेर लाखौको क्षति भएको छ । घट्टे खोलाबाट आएको बाढीले ताप्रीसेराका व्यापारी गोपाल थापाको पसल बगाएर लाखौको क्षति भएको छ । एक्कासी आएर पसल भित्र छिर्यो आफू भागेर बच्यौ पसल पुरै बगाएको ब्यापारी गोपाल थापाले बताए  ।

बार्जुगाड– मार्तडी २९ किलोमिटर सडक सुचार भए देखिनै प्रतयक वर्ष पहिरोको जोखिमममा परेको देखिन्छ । २०५८ साल यता उक्त सडक निर्माण गर्न थालिएको थियो । उक्त क्षेत्रको बलौटे माटोका कारण सडक दीर्घकालिन हुने तर्क प्राविधिकले राख्दै आएका थिए । “माटो परिक्षण गर्दा बल्दे देखि मार्तडी सम्मको सडक झन्  खतरा देखिन्छ । सांफे मार्तडी सडक बाह्रै मास सञ्चालन गर्न एलाईनमेन्ट परिवर्तन गर्नैपर्छ ।” भौतिक पुर्वाधार निर्माण कार्यालय अछाम बाजुरा प्रमुख जंगवहादुर थापाले भने । “ सडकको दिगो विकास गर्ने हो भने सेरा डुग्री कुँडीकोट हुँदै तिपाडा सडक सञ्जाल निर्माण गर्न  सकिन्छ । दोस्रो विकल्प भनेको सेरा आंटीचौर पिनालेख भौनेरा हुंदै सदरमुकाम मार्तडी सडकको स्तर उन्नती गर्न सकिन्छ । ” भौतिक निमार्ण तथा पूर्वाधार कार्यालय प्रमुख थापाले भने ।

बाढीपहिरोको  क्षेतीपछी सरोकारवाला अनुगमन गर्छन् । सुख्खा मौसममा भने सम्बद्ध निकायका अधिकारीहरु कानमा तेल हालेर बस्छन् । अव्यवस्थित सडक सञ्जालका कारण बजुरेली नागरिक वर्षेनी पिडा खेपिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ