arrow

सरकारका प्रमुख कर अधिकृत गुर्जोको उपयोगिता-फाईदा अभियानमा

देशव्यापी रुपमा निःशुल्क बिरुवा वितरण

logo
प्रकाशित २०७७ साउन ६ मंगलबार
kamal-bahadur-rajlawat--(1).jpg

काठमाडौ । कमल बहादुर राजलवटले गुर्जो( गुरगुज,गिलोय,गुडुची,अमृता) नियमित सेवन गर्दा निरोगी भईने बताउँदै आफू यो देशव्यापी अभियानमा होमिएको  स्पष्ट पारेका छन् ।

आगामी तीन वर्षभित्रमा नेपालबाट विदेशमा समेत गुर्जो निर्यात गरिने उनले बताए । राजलवट आन्तरिक राजश्व कार्यालय, लहान-सिराहामा प्रमुख कर अधिकृतको पदमा कार्यरत छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले गुर्जोको फाईदा धेरै भएकोले नेपालमा प्रत्येक घर-घरमा गुर्जोको बिरुवा राख्नुपर्ने बताए । उनले भने, ‘गुर्जो प्रत्येक घरमा राख्नुपर्छ । बगैंचामा, पार्टी, पौवा, पार्क, सामूदायिक चौरहरुमा राखिनुपर्छ । यसको अत्यधिक फाईदा छ ।’

उनले यसको वैज्ञानिक नाम टिनोस्पोरा कोर्डिफोलिया रहेको पनि जानकारी दिए । उनका अनुसार यसका मुख्य तीन वटा गुणहरु रोग प्रतिरोधात्मक क्षमता बढाउने, शारिरीक शक्ति बढाउने, शरिरका विकारहरु बाहिर निकाली स्वस्थ बनाउने रहेका छन् । उनले भने,‘गुर्जोको यही विशेषताले गर्दा, जस्तोसुकै रुघाखोकी, पूरानोभन्दा पूरानो ज्वरोपनि निको पार्दछ ।’

गुर्जोको गुणहरु त्रिदोष नाषक (वाथ, पित्त, कफ), एन्टिी-ब्याक्टेरियल, एन्टी-भाइरल, एन्टी-एलर्जिक, एन्टी-अक्सिडेन्टल, एन्टी-ईन्फ्लामेटरी कुलिङ्ग, एन्टी-ट्युमर र एन्टी-एसिड लगायतका धेरै रहेका छन् ।

गुर्जोको फाईदा तथा उपयोगिताहरुमा ग्याँस्ट्रिक, रक्तचाप, मधुमेह, युरिक एसिड, कलेजो, मुटु, मिर्गौला, डिप्रेसन, एन्जाईटी, नशासम्बन्धी समस्या तथा मानसिक समस्यको लागि पनि उपयोगी हुने राजलवटले जनाए ।

त्यस्तै, यसले पाचनतन्त्र बलियो बनाउने, रगतमा प्लेटलेट्स बढाउने, जोर्नी दुःखाई कम गर्ने, सुनिन्ने, बाथ रोगमा पनि यो फलदायी हुने उनको भनाई छ । त्यस्तै, पाईल्स, पेटसम्बन्धी समस्या, श्वाँसप्रश्वाँससम्बन्धी समस्या, आँखाको विकार तथा कमजोरी हटाउने, छालासम्बन्धी सबै समस्याहरु समाधान गर्नै पनि उनले जनाए ।

उनले अहिलेसम्म देश तथा विदेशमा गरेर २२ हजारभन्दा बढि गुर्जोको बिरुवा-बेर्ना निःशुल्क वितरण गरेको जानकारी दिए । आगामी दिनमा आफूले ७७ वटै जिल्लामा निःशुल्क वितरण गर्ने पनि उनले विश्वास दिलाए । उनले भने,‘अहिले यो बाढि-पहिरोलगायतका प्राकृतिक विपद् नआएको भए धेरै जिल्लामा हामीले यसको निःशुल्क सेवा गरिसकेका हुनेथियौं ।’ उनले आफूहरुलाई यो सेवाको लागि अति सामान्य खर्चमात्रै हुने गरेको र यसमा घरपरिवारका सदस्य, कार्यालयका कर्मचारी साथीहरुले पनि सहयोग गरिरहेको जनाए ।

कार्यालय समयबाहेक बिहान र बेलुकाको समयमा उनले यो सेवामा आफू खटिने गरेको पनि स्पष्ट पारे । उनले यसको विरुवा चाहिए सम्पर्क गर्न सकिने भन्दै आफ्नो निजी नम्बर ९८५११-५४९८० उपलब्ध गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ