arrow

आईपीएल क्रिकेट: बर्षाले प्रभावित खेलमा कोलकाता बिजयी

logo
प्रकाशित २०७३ जेठ २ आइतबार
IPL_yusuf.jpg.jpeg
काठमाडौं। बर्षाले प्रभावित खेलमा कोलकाता नाईटराइडर्सले राईजिङ पुणे सुपरजायन्ट्सलाई ८ विकेटले पराजित गरेको छ। 
 
टस जितेर पहिले ब्याटिङ गरेको पुणेले१७.४ ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाउँदा बर्षातले अवरोध गरेको थियो। पुनेका जर्ज बेलीले ३३ रन बनाएका थिए भने उसमान ख्वाजाले २१ रनको योगदान दिएका थिए। कोलकाताका पियुस चावलाले २ विकेट लिएका थिए भने सुनिल नाराईनले ३.४ ओभरमा १० रन मात्र दिएका थिए।
 
बर्षाको अवरोध पछि कोलकाताले नयाँ टार्गेट पायएको थियो। बिजयकालागि ९ ओभरमा ६६ रन बनाउने लक्ष्य पाएको कोलकाताले उक्त लक्ष्य ५ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको थियो। युसुफ पठानले १८ बलमा ३७* रन बनाएका थिए भने मनिष पाण्डेले १५* रनको योगदान गरेका थिए। 
 
पुनेका रविचन्द्रन आश्विनले २ विकेट लिएका थिए। खेलको प्लेयर अफ द म्याच युशुफ पठान घोषित भएका थिए। यो बिजयसँगै कोलकाता अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ