arrow

‘हाम्रो पात्रो’को नाममा अनाधिकृत कारोवार गर्नेसँग सचेत हुन आग्रह

विज्ञप्ती निकाली हाम्रो पात्रोले गरायो सचेत

logo
प्रकाशित २०७७ साउन ७ बुधबार
hamropatro-logo.jpg

काठमाडौं। डिजीटल प्लेटफर्मको रुपमा लोकप्रिय ‘हाम्रो पात्रो’मा समाचार पोर्टल सूचिकृत गरिदिन्छु भनी सञ्चारगृहसँग वा अनलाइन सञ्चारगृहका आधिकारीक व्यक्तिसँग रकम माग गरेको र केही एकाध सञ्चारगृहसँग रकम समेत उठाएको घटनाप्रति हाम्रोपात्रोले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

कुनैपनि सञ्चारगृहसँग वा सञ्चारगृहका अनलाइन मिडिया हाम्रो पात्रोमा राख्नका लागि कुनैपनि शुल्क नलाग्ने बिज्ञप्ति मार्फत हाम्रो पात्रो व्यवस्थापनले जनाएको छ। मिडिया सम्बन्धी छलफल तथा सहकार्यका लागि हाम्रो पात्रोका संस्थापक/अध्यक्ष शंकर उप्रेती तथा प्रबन्ध निर्देशक सन्तोष कुमार देवकोटा बाहेक अर्को कुनै तेस्रो व्यक्तिसँग कुनै काम नगर्न जनाइएको छ।

कसैले हाम्रो पात्रोमा तपाईंको पोर्टल राखिदिन्छु भनि रकम माग गरेको छ भने तत्काल प्रहरीलाई खबर गर्न समेत हाम्रो पात्रो व्यवस्थापनले सचेत गराएको छ। कुनैपनि किसिमका अनाधिकृत नगदको लेनदेन गरेर पर्ने आर्थिक तथा व्यवसायिक अप्ठेरोका लागि हाम्रो पात्रो जिम्मेवार नहुने हाम्रोपात्रोका संस्थापक/अध्यक्ष शंकर उप्रेतीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ।

मिडिया सहकार्यमा हामीले गर्ने गरेको अभ्यासमा प्रत्यक्ष तथा अप्रत्यक्ष कुनैपनि किसिमको आर्थिक लेनिदेनि नहुने प्रष्ट पार्दै तत्काल नयाँ सूचना जारी नहुञ्जेल र पुराना अनुरोधमा रहेका सञ्चारगृह बाहेक नयाँ अनलाइन मिडिया सूचिबद्ध गर्ने कार्य पनि बन्द गरिएको ब्यहोरा यसै सूचनामार्फत् जानकारी गराएको छ।

हाम्रो पात्रोको नाममा यदि कसैले आर्थिक लेनदेनमार्फत अनलाइन मिडिया दर्ताका लागि कसैसँग कारोबार गरिदैछ भने त्यो नितान्त ठगि प्रयोजनले हुने समेत विज्ञप्तीमा प्रष्ट पारिएको छ। अनधिकृत रुपमा हुने कुनै पनि कारोबारमा हाम्रो पात्रोको अमेरिकास्थित मुख्य कार्यालय हाम्रोपात्रो इन्क र नेपालस्थित स्मार्ट आइडिया प्रालि जिम्मेवार नहुने समेत विज्ञप्तीमा भनिएको छ।

साथै बुद्धनगर १० काठमाण्डौमा रहेको “स्मार्ट आइडियाज प्रा. लि.” बाहेक हाम्रो पात्रोको कुनैपनि स्वरुपको कार्यालय(सम्पर्क/कर्पोरेट/मार्केटिङ) नेपालमा अन्त कतै नरहेको समेत कम्पनीले प्रष्ट पारेको छ। अन्य केही घटनाहरुमा हाम्रो पात्रोको प्रतिनिधि भनि विज्ञापन एजेन्सी तथा हाम्रा विज्ञापनदाताहरुलाई समेत अनाधिकृत भेटघाट गरेको सम्बन्धमा समेत ध्यानाकर्षण भएको हाम्रो पात्रोले जनाएको छ। बजार सम्बद्ध विषयहरुमा हाम्रो पात्रोका प्रबन्ध निर्देशक सन्तोष कुमार देवकोटालाई (skdevkota@hamropatro.com)सम्पर्क गर्न समेत भनिएएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ