arrow

बीपी स्मृतीमा अधिवेशनकै चिन्ता 

logo
दयाराम पण्डित,
प्रकाशित २०७७ साउन ७ बुधबार
bp-smriti-bajura.jpg

बाजुरा। नेपाली कांग्रेसले तीन दिनसम्म ३८ औं वीपी स्मृती दिवस मनाउने कार्यक्रम तय गरे अनुसार बुधवार दोस्रो दिन बाजुरामा बीपि विचार गोष्ठीको आयोजना गर्‍यो। कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले आयोजना गरेको उक्त विचार गोष्ठीमा जिल्लास्थित बडीमालिकाको सभाहल नेता कार्यकर्ताले खचाखच भरिएको थियो। 

धेरैले वीपीको आर्दश बारे कोट्याए त कतिले जननायक बीपी मार्गवारे ईति वृतान्त भने । वीपीको कुटनीतिक शैली र राजनीतिक स्वतन्त्रता र राष्ट्र निर्माणका बहुुआयामिक ब्यक्तीत्व भनेर प्रशंसा गरे । कतिपय कार्यकर्ताले वीपीको बाटो कांग्रेसले विराएको आक्रोश पनि पोखे । कांग्रेसको नेतृत्व तहमा  पुगेकाहरुको दिमाग परिचालन, भातृसंघ संस्थाका युवा पंक्तीलाई पाखुराका रुपमा परिचालन गर्नु पर्ने र नागरिकलाई केन्द्रमा राखेर काम गर्न गर्न सकेमात्र वीपीको समाजवादी आर्दश कार्यन्वयन हुनेमा नेता कार्यकर्ताले धारणा राखेका थिए ।  

अबको जिल्ला अधिबेशन एकता र सहमतीको अधिबेशन हुने र महाअधिबेशन पनि एकताको हुनेमा विस्वस्त रहन नेपाली कांग्रेस जिल्ला कार्यसमिती बाजुराका सभापति कबिराज पण्डितले पार्टी सहयात्री समकक्षी र कार्यकर्तालाई हौस्याए । गाउँ गाउँमा पार्टीसंगठन बलियो वनाउन युुवा शक्ती परिचालन गरिने बताए । 

कांग्रेस उपसभापति एवं हिमाली गाउँपािलकाका अध्यक्ष गोविन्द वहादुर मल्लले बीपीको मेलमिलापको नीतिलाई अर्थ्याए । अर्काको पार्टी फुटला र हामी राज गरौंला भन्ने सोचमा कांग्रेस भए त्यसले पार्टी धरासयी हुने तर्क गरे। राख्नुभयो । महाधिबेशनको पूर्व सन्ध्यामा पार्टी विभिाग गठन गर्नु राम्रो नभएको उनको विचार थियो । 

त्यसैगरी पूर्व पार्टी सभापति मानवहादुर रावलले विपीको आधुनिक समाजवादको बारेमा प्रकाश पारे। कांग्रेस नेता तथा त्रिबेणी नगरपालिकाका प्रमुख रामसिंह रावलले आगामी कांग्रेस अधिबेसन लाई लक्षित गर्दै बीपीले हरेक कुरा समयमै गर्न चाहान्थे र गर्थे तर अहिले महाधिबेशनको पूर्व सन्ध्यामा पार्टी विभाग गठन गर्नु राम्रो नभएको बिचार राखे। 

नेपाल तरुणदल जिल्ला अध्यक्ष कुम्भनाथ योगीको अध्यक्षतामा भएको विचार गोष्ठीमा नेपाली कांग्रस महाससमिती सदस्य जुना दानी, नेपाली कांग्रेस जिल्ला कार्यसमिति उपसभापति पूर्णवहादुर सिंह, सहसचिव रन्सिंह अयडी, संगठन विभाग प्रमुख धनराज पण्डित, बडीमालिका नगरपािलकाका नगरप्रमुख पदम बडुवाल, महिलासंघ अध्यक्ष अमृता सिंह, शिक्षक संघ अध्यक्ष प्रेम पाध्याय, दलितसंघ अध्यक्ष भिम नेपाली, महिला नेत्री तथा त्रिबेणी नगरपालिका उपप्रमुख राधिका सुनार नेविसंघका निवर्तमान अध्यक्ष  शुरेन्द्र सिंह लगायतका बक्ताले आ–आफ्ना विचार राखेका थिए । 

मंगलवार बडीमालिका वडा न. आठको मष्टेश्वरी प्राविमा बृक्षारोपण गरी बीपी जयन्ती मनाइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ