arrow

राखेप सदस्यसचिवमा नेकपाका तीन नेता–कार्यकर्ता सिफारिस 

logo
प्रकाशित २०७७ साउन ८ बिहिबार
national-sports-council-mem.jpg

काठमाडौं । राजनीतिक चक्रबाट टाढा हुन नसकेको खेलकुद क्षेत्रमा फेरि पनि पार्टीका नेताकै जगजगी हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा सिफारिस भएका तीनै जना सत्तारुढ दल नेकपामा आवद्ध छन् । 

युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले सदस्यसचिवमा निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाल, लिलबहादुर थापा र अन्जु श्रेष्ठको नाम सदस्यसचिवमा सिफारिस गरेको हो ।

अञ्जु नेकपासंग आवद्ध भए पनि पूर्व राष्ट्रिय भलिबल खेलाडी हुन् । त्यस्तै थापा नेकपाका केन्द्रीय सदस्य हुन् । सिलवाल र श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन् । थापा भने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका हुन् । 

मन्त्रालयले सदस्य सचिव नियुक्तिका लागि रामप्रसाद थपलियाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा विज्ञको रुपमा पूर्व बोर्ड सदस्य ईन्दिरा निरौला र राखेपका पूर्व कर्मचारी रिम रानाभाट रहेका थिए ।

सिफारिस समितिले सदस्यसचिवका लागि असार २६ गते ७ दिने खुल्ला दर्खास्त आह्वान गरेकामा २७ जनाले निवेदन दिएका थिए । 

समितिले सिफारिस गरेका तीन जनाको नाम युवा तथा खेलकुद मन्त्रालयले मन्त्रीपरिषद्को बिहीबारको बैठकको एजेण्डाको रुपमा समावेश गरेको छ ।

नयाँ खेलकुद विकास ऐनमा मन्त्रालयले गठन गरेको समितिले एक महिला सहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने उल्लेख गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ