arrow

कोरोनाका संवाहक बन्दै सार्वजनिक यातायात, रमिता हेर्दै सरकार

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७७ साउन ८ बिहिबार
yatayat-kathmandu-basundhar.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा फैलिँदा पनि नेपाल सरकार भने अचम्म संग लकडाउन खोलिरहेको छ । कसको इशारामा ? 

चैत ११ गते लकडाउन गर्दा २ जना संक्रमित थिए । अहिले दैनिक एक सय भन्दा बढी संक्रमित थपिएका छन् । 

त्यो पनि अझ समुदायस्तरमा संक्रण फैलिसक्दा । राजविराजमा त अहिले आएर निषेधाज्ञा नै जारी गरिएको छ । तर सरकारले मंगलबार मध्यराति (साउन ६ गते) देखि सबैखाले लकडाउन खोलेको छ । 

समुदाय स्तरमा संक्रमण फैलिएको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम पनि सहमत छन् । 

उनी ९७ प्रतिशत विदेश घुमेर आएका र ३ प्रतिशत भने समुदायमा पनि पसेको हुन सक्ने बताउँछन् । 

त्यही ३ प्रतिशत सबैभन्दा खतरनाक हो । तर यसबारेमा सरकार गम्भीर बन्न सकेन । स्वास्थ्य मन्त्रालय पनि कठपुतली भएको छ । 

सचेतनाको काम पर्याप्त नभएको अवस्थामा बिना कुनै विज्ञहरुको सुझावमा लकडाउन खोलियो । सर्वसाधारणको गुनासो यही छ कि – सुझाव विज्ञको लिइयो कि व्यापारीको ? 

विज्ञहरु भने यतिबेला चिन्तित छन् । सरकारले लकडाउन खोले पनि आफ्नो सुरक्षा गर्न नभुल्न पनि आग्रह गरिरहेका छन् । 

दवावमा खोलिएको लकडाउनले रोग अझै निम्त्याउने छ । संक्रमितहरु दैनिक हजारको संख्यामा पनि पुग्न सक्ेछन् । 

अहिलेसम्म आठ सयको आँकडा पार भएको छैन । तर त्यो छिट्टै पुग्ने दावी विज्ञहरुको छ । 

किनकि अब सवारी साधनले नै संक्रमित फैलाउन मद्धत गर्नेछन् । 

यातायात व्यवसायीहरुले स्वास्थ्य मन्त्रालयको न्यूनतम मापदण्ड पूरा गर्ने कुनै लक्षण देखिएको छैन । 

लकडाउन खुल्नासाथै पुरानै अवस्थामा यात्रु चढाइएको छ । न सेनिटाइज्ड नै गरिएको छ । 

बस्ने सिट त गतिला नभएका ठाउँमा कहाँबाट त्यो व्यवस्था गर्लान् यातायात व्यवसायी । 

फेरि ४ महिनापछि लकडाउन खोल्दा उनीहरुले भोग्नुसम्म घाटा भोगेका छन् । त्यसको भपाई तिनै यात्रुहरुबाट उठाउने छन् । 

एकातिर अहिले बढेको भाडा पनि उठाउने छन् भने अर्कोतिर न्यूनतम स्वास्थ्य मापदण्ड पनि पूरा नगर्दा कोरोनाका संवाहक तिनै यातायात नै हुनेछन् । 

त्यसको जिम्मेवारी कसको ? 

यसको जवाफ सरकारसंग छैन । भएको भए यति गैरजिम्मेवार बन्ने थिएन होला । 

अनुगमन गर्ने निकाय नै पनि कत्ति पारदर्शी छ भन्ने कुरा हो । फेरि त्यो निकाय पनि टाढा छैन कोरोनादेखि । 

कोरोनाको संक्रमण अझै फैलिने निश्चित नै भएको विश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ । 

संगठनले नेपाल सरकारलाई प्रश्नसमेत तेस्र्याइसकेको छ । बिना सावधानी किन लकडाउन खोलेको भनिसकेको छ । 

लकडाउन हुँदा पनि सार्वजनिक यातायातहरु ओहोरदोहार भइरहेका थिए । माथिको पहुँचमा । 

त्यतिमात्र हैन निजी गाडीहरुलाई सार्वजनिक यातायात बनाइएको थियो । ‘ओपन सेक्रेट’ बनाइएको थियो यो धन्धालाई । 

यातायात व्यवसायीहरु लामो दूरीको सवारी पनि चलाउन पाउनु पर्ने भन्दै सरकारलाई दवाव दिइरहेका छन् । 

तर यसको मार भोलिका दिनमा गएर तिनै यातायात व्यवसायीले भोग्न नपर्ला भन्ने छैन । 

कम्तीमा एक मिटरको दूरी, अनिवार्य मास्क, सेनिटाइजर र ग्लोभ्स लगाउन विश्व स्वाथ्य संगठनले आग्रह गरिरहेको छ । 

यति लगाउँदा लगाउँदै पनि कोरोना फैलिरहेको छ । त्यसका लागि उत्तम बिकल्प घरमै बस्नु हो । 

प्रश्न आउँछ कति दिन बस्ने घरमा ? सबै काममा जानुपर्ने जरुरी पनि छैन । अत्यावश्यक पर्ने बाहेक कोही पनि बाहिर ननिस्कने भन्ने हो । 

सरकारले त भदौ १ देखि त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान नै गर्ने भनिरहेको छ । यदि यस्तो भयो भने त आयातित ९७ प्रतिशत कोरोनाले फेरि मुलुकलाई तहसनहस पार्नेछ । 

लकडाउन लगाउँदा नेपाल विश्वको २०३ औं स्थानमा रहेको थियो । त्यतिबेला २ संक्रमित थिए । त्यति नै बेला भुटानमा जम्मा ५ संक्रमित थिए । 

अहिले भुटानले नियन्त्रण गरेर ९२ भन्दा बढ्न दिएको छ । त्यसमध्ये ८३ लाई निको भएको छ भने मात्र ९ सक्रिय संक्रमित छन् । 

अहिले नेपाल ६३ औं स्थानमा रहेको छ । १८ हजार ९४ संक्रमित भइसकेका छन् । ४२ जनाको ज्यान गइसकेको छ । १२ हजार ६८४ लाई निको भएको छ भने ५ हजार ३६८ जना अझै सक्रिय संक्रमित छन् । 

यसबाटै अनुमान लगाउन सकिन्छ नेपालको स्थिति के छ । 

सार्वजनिक यातायातमा ५० प्रतिशत भन्दा बढी यात्रु चढाउन बर्जित गरिएको छ । तर त्यसको धज्जी उडिरहेछ सिंहदरबार अगाडि नै । 

दैनिक १० हजार पीसीआर टेष्टिङ गर्छु भन्ने सरकारले ३५ सयमा झारेको छ । त्यसमा पनि यातायात चलाउँदा संक्रमित चढ्दा ट्रेसिङ कहाँ गर्ने र ट्रयापिङ कसलाई गर्ने ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ