arrow

बाघले यसरी लुछ्यो जंगल सफारीमा निस्किएकी महिलालाई

logo
प्रकाशित २०७७ साउन ८ बिहिबार
tiger-zoon.jpg.jpeg

काठमाडौं। चीनको बादलिङ वर्डलाइफ वर्ड नाम गरेको चिडियाखानामा एक महिलालाई बाघले समातेर घिसारेर लग्यो। जंगल सफारी गर्ने क्रममा गाडीबाट महिला उत्रिएपछि बाघले समातेर घिसारेर लगेको हो। 

चिडियाखानामा घुम्न जाने पर्यटकलाई गाडीबाट बाहिर ननिस्किन, गाडीको ढोका नखोल्न भनिए पनि गाडीबाट बाहिर निस्कदाँ  घटना भएको थियो । महिलालाई बाघले टाढासम्म घिसार्दै  लगेर आक्रमण गरेको थियो । महिलालाई बाघको आक्रमणबाट जोगाउन कारबाट अन्य आफन्त निस्किएपनि बचाउन सकिएन । 

आजभन्दा ३ बर्षअघि २०१७ जुलाई २३ मा भएको सो घटनाको भिडियो अझै देख्न पाइन्छ।  सोसँगै  पिपुल्स डट चाइना, चाइना डट कम सिएन, समाचार एजेन्सी सिन्वा लगायतले पर्यटकको सुरक्षा तथा चिडियाखानाको जिम्मेवारीको बिषयमा बहस नै चलाएका थिए । कतिपयले कानुनी रुपमा नै चिडियाखानाले यस्ता घटनाको जिम्मेवारी लिनु पर्ने बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ