arrow

सीमामा तस्करीको बिगबिगी, मदिराका ४ ट्याक्टर नियन्त्रणमा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ साउन ८ बिहिबार
madira.png

धनुषा । धनुषाको पुर्बी गर्मिन क्षेत्रमा तस्करीको बिगबिगी बढेको छ, भने दुई दिनमा २८ लाख १७ हजार ७ सय बराबरका समानहरु ईलाका प्रहरी कार्यालय खजुरी धनुषाले समातेको छ ।  इलाका प्रहरी कार्यालय खजुरीबाट खटेको टोलीले कमला नगरपालिका वडा नम्बर ४ सघारा चोकबाट मदिरा बोकेका ४ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो  ।

 मंगलवार दिउँसो ज. १ त. ७८६९, ज. १ त. ९१०३, ज. २ त. ९३२ र ज. १ त. ४१६१ नम्बरको ट्याक्टरमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा मदिरा समातेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

प्रहरीका अनुसार ती ट्याक्टरहरूबाट ‘गौरव सोफी’ नामको १ हजार कार्टुन मदिरा बरामद भएको छ भने बरामद गरिएको मदिरा र ट्याक्टरलाई आवश्यक कारवाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

 त्यस्तै, बुधबार धनुषा जिल्ला जनकनन्दनी गाउपालिका वडा नम्बर ३ गाडाबाट ईलाका प्रहरी कार्यालय खजुरी र सशस्त्र प्रहरी बेश क्याम्प खजुरीले नेपालबाट भारततर्फ लादै गरेको ४२ हजार बराबरको ३५ वोरा (२५ के.जी.) केराउ बरामद गरेको छ  ।

यस्तै विशेष सुचनाको आधारमा खजुरी प्रहरीले नै जनकनन्दनी गाउपालिका वडा नम्बर ३ महुवा स्थित जितेन्द्रलाल दासका फुसको घरमा अवैधरुपामा राखेको ५० केजीको १०५ बोरा छोकडा त्यसको मुल्य ५ लाख २५ हजार , २५ केजीको २९ बोरा केराउ ३४ हजार ८ सय र ५० केजीको ३६ बोरा केराउ अन्दाजी ८६ हजार ४ सय बराबरको बरामद भएका जिल्ला प्रहरी कार्यालय धनुषा का प्रहरी प्रवक्ता रामेश्वर कार्कीले बताए।
 
बरामद भएको केराउ र छोकडा अन्दाजी ६ लाख ८८ हजार २ सय बराबरको रहेका आवश्यक कारवाहिको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको प्रहरी प्रवक्ता कार्कीले बताए। तस्करहरु भने भारततर्फ भागेका धनुषा प्रहरीले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ