arrow

रोचक ला लिगा : यो सिजन बार्सा अघि रियाल पछि, समग्रमा रियाल अघि बार्सा पछि

सर्वाधिक गोलकर्ता मेसी

logo
प्रकाशित २०७३ जेठ २ आइतबार
barsa-new-n.jpg.jpeg

एजेन्सी । स्पेनिश फुटबल प्रतियोगिता ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ । बार्साले लगातार दुई सिजनको उपाधि जित्ने क्रममा यस सिजन लुइस सुआरेज अब्बल ठहरिए । सुआरेजकै ह्याट्रिकले बार्साले सिजनको अन्तिम खेलमा ग्रनाडालाई ३–०ले हराउँदै उपाधि कब्जा गर्यो ।

यो उपाधिसँगै बार्सिलोनाले २४ पटक ला–लिगाको उपाधि जितेको छ । ३८ खेलबाट ९१ अंकका साथ बार्सिलोना पहिलो भयो । समान खेलबाट ९० अंक जोडेको रियाल मड्रिड दोस्रो स्थानमा रहयो ।  यो सिजन ४० गोल गर्दै बार्साका लुइस सुआरेज ला–लिगा २०१५–०१६का सर्वाधिक गोलकर्ता घोषित भए । रियाल मड्रिडका क्रिष्टियानो रोनाल्डो ३५ गोल गर्दै दोस्रो स्थानमा रहे । त्यसैगरि बार्साका लियोनल मेस्सी २६ गोल गर्दै तेस्रो स्थान भए । यस्तै, क्रिश्चियानो रोनाल्डो र लियोनल मेस्सीको नाममा लगातार छैठौं सिजन रहेको सर्वाधिक गोलकर्ताको उपाधि सुआरेजको नाममा गएको छ ।

ला लिगाको रोचकता ?
यो सिजन बार्सिलोना नै सुरुवात देखि शीर्ष स्थानमा रहयो । २९औं चरणका खेल सम्म बार्साको उत्कृष्ठ लय जारी रहयो । यद्यपि, ३० औं चरणको खेलमा बार्सा भियारियलसंग बराबरीमा रोकियो । सोही बराबरीबाट बार्सालाई अन्तिम चरणका खेल अगाबै उपाधि जित्ने वातावरण धमिलियो । हुन त ३० औं चरणका खेल खेल्दा बार्साको ७६ अंक थियो । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ६७ र तेस्रो स्थानमा रहेको रियाल मड्रिडको ६६ अंक थियो ।

८ खेल खेल्न मात्र बाँकी छँदा एथ्लेटिको ९ र रियाल १० अंकले पछि थियो । कतिपयले फुटबल पण्डितहरुले सो अवस्थामा रियाल उपाधि होडबाट समेत बाहिरिसकेको भनेका थिए । यद्यपि, रियाल अन्ततः उपाधि होडमा आयो र दोस्रो भयो । दोस्रो स्थानमा रहेको एथ्लेटिको तेस्रो भयो । अन्ततः रियालले बार्सिलोनासंग १ अंकको मात्र अन्तर राख्यो ।

१० अंको अन्तर हुँदा रियाल उपाधि होड नजिक आएको थियो । जहाँ दोस्रो स्थानको एथ्लेटिकोको ६७ र रियालको ६६ अंक थियो । सो एक अंकको अन्तरलाई कायम राख्दै रियाल अन्तिममा एथ्लेटिको भन्दा दुई अंक प्लस रहयो । रियालका नयाँ प्रशिक्षक जिनेदिन जिदानको उपाधि जिताउने योजना सफल नभएपनि समग्रमा उनले आफ्नो क्षमताको कदर गरेका छन् ।
 

कस्ले कति पटक जिते ला लिगा ?
सन् १९२९ बाट ला लिगाको सिजन सुरु भयो । पहिलो सिजनको उपाधि समेत यसपटकको च्याम्पियन बार्सिलोनाले नै जित्यो । पहिलो सिजनमा समेत यसपटककै रनर्अप रियाल मड्रिड नै दोस्रो भएको थियो । यद्यपि, सो सिजनको सर्वाधिक गोल कर्ता भने रियाल सोसिडाडका पाको बेन्जोवाज भए । बार्सिलोनाले हाल सम्म २४ पटक उपाधि जितेको छ ।

पछि, दोस्रो र तेस्रो सिजन लगातार उपाधि जितेको एथ्लेटिक बिल्वाओले ८ पटक उपाधि जितेको छ । यस्तै, चौथो र पाँचौ सिजनको उपाधि लगातार जितेको रियाल मड्रिडले सर्वाधिक ३२ पटक ला लिगाको उपाधि कब्जा गरेको छ । सन् १९५३–५४ देखि रियाल निकै हावी भएको छ । सन् १९५१–५२ र १९५२–५३ को उपाधि रियालले जित्यो । तर, १९५३–१९५४ रियालको कब्जामा रहयो ।

यस्तै, सन् १९६०–६१ देखि १९६४–६५ पाँच वर्ष र १९८५–८६ देखि १९८९–९० पाँच वर्ष लगातार उपाधि जितेको रेकर्ड रियालसंग छ । यद्यपि, सन् २००४–०५ देखि २०१६–०१७ को समयमा बार्सिलोना नै हावी भएको छ । १२ वर्षको अवधिमा बार्साले ८ पटक उपाधि जितेको छ । एथ्लेटिको मड्रिडले १० पटक उपाधि जित्दा भ्यालेन्सियाले ६, रियाल सोसिडाडले २, डेपोर्टिभो लाकोरुना, सेभिया र रियाल बेटिसले समान १–१ पटक उपाधि जितेका छन् । सन्, १९३६–३७ देखि सन् १०३८–३९ सम्म तीन वर्ष स्पेनमा गृहयुद्ध चल्दा ला लिगा फुटबल हुन सकेन ।


 

सर्वाधिक गोलकर्ता मेसी
हालसम्म सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बार्सिलोनाका लियोनल मेसी रहेका छन् । सन् २००९–०१० बाट ला लिगामा मेसीको नाम चम्कियो । २००९–०१० को उपाधि बार्साले जित्दा मेसी नै सर्वाधिक गोल कर्ता ठहरिए । उनले सो सिजन ३४ गोल गरेका थिए । यद्यपि, २०११–१२ को उपाधि रियालले जित्दा मेसीले हाल सम्मकै (एकै सिजन) उच्च ५० गोल गरे । मेसी र रोनाल्डो समान तीन–तीन पटक सर्वाधिक गोल कर्ता भएका छन् । एकै सिजन सर्वाधिक गोल कर्ताको दोस्रो नम्बरमा रोनाल्डो छन् । उनले ४८ गाेल गरेका छन् । गत सिजन उनले यो रेकर्ड बनाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ