- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । बाँकेमा ज्यान मार्ने उद्योगका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
खजुराको पिविसी इट्टा उद्योग परिसरमा गत जेठ ९ गते ज्यान मार्ने उद्योग गरेर फरार भएका कलिम भाट र समीर भाटलाई बाँके प्रहरीले पक्राउ गरेको जनाएको छ । अरु दुई जना अझै फरार छन् ।
उनीहरु विरुद्ध सोनु कसगढ भन्ने सद्दाम शेषले जाहेरी दिएको प्रहरीले बताएको छ । प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।