arrow

१३ सय वर्षदेखि समुद्रमा तैरिने गाउँ बनाएर बसेका छन् ७ हजार मानिस

logo
प्रकाशित २०७७ साउन ९ शुक्रबार
sea1.jpg

काठमाडौं । सामान्य रुपमा मानिस जमिनमा नै आफ्नो घर बनाएर बस्छन् । तर, संसारमा यस्तो पनि प्रजाति छ, जसले १३ सय वर्षदेखि जमिनमा पाइला राखेको छैन ।

यो जनजातिको नाम टांका हो । यो जाति चीनमा बसोबास गर्दै आएको छ । यो जातिका ७ हजार मानिसहरु समुद्रमा बस्न रुचाउँछन् । पानी नै यिनीहरुको दुनियाँ हो ।

उनीहरुले समुद्रमा तैरिएको गाउँ बसाएका छन् । उनीहरुलाई जिप्सिज अफ द सी पनि भनिन्छ । यिनीहरु विरलै मात्र जमिनमा पाइला राख्ने गर्छन् । करीब ७०० ईश्वीदेखि अहिलेसम्म यिनीहरु समुद्रमा बनाइएको घरमा बस्दै आएका छन् । यिनीहरुले आफ्नो पूरै जीवन पानीको घरमा माछाको शिकार गरेर बिताउने गर्छन् ।

चीनको दक्षिण पूर्वको क्षेत्रमा बस्ने उनीहरु तांग राजवंशका शासकको उत्पीडनदेखि दुखी भएर जमिन छाडेर समुद्रमा नै बस्ने फैसला गरेका थिए । त्यसबेला देखि उनीहरु कहिल्यै पनि धर्तीमा फर्किएका छैनन् । साथै उनीहरुले आधुनिक जीवनशैली पनि अपनाएका छैनन् ।

पछिल्लो समय भने स्थानीय सरकारको प्रोत्साहनपछि भने टांका समुहका केही मानिसले समुद्री किनारामा पनि घर बनाउन थालेका छन् । तर, अझै पनि अधिकांश मानिस आफ्नो परम्परागत तैरिने घरमा नै बस्न रुचाउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ