arrow

अयोध्याको राममन्दिर शिलान्यास अगस्ट ५ मा, वैदिक हिन्दु परम्परा अनुसार मोदीले शिलान्यास गर्ने

logo
एएनआई,
प्रकाशित २०७७ साउन ९ शुक्रबार
ram-mandir.jpg

काठमाडौं। लामो कानुनी प्रक्रिया पार गर्दै अन्तत भारतको अयोध्यामा राम मन्दिर बन्ने भएको छ। राम मन्दिरको अगस्ट ५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिलान्यास गर्ने भएका हुन्। कोरोना माहामारीकाबीच हुन लागेको शिलान्यासमा सुरक्षालाई ध्यानमा राख्दै २ सय मानिस मात्रै सहभागी गराइने समाचार संस्थाहरुले जनाएका छन्।

श्रीराम जन्मभुमी तीर्थ क्षेत्रका कोषाध्यक्ष स्वामी गोबिन्द गिरीले शिलान्यास सभामा २ सयभन्दा बढी सहभागी नहुने र १ सय ५० जनालाई निमन्त्रणा गरिने बताएका छन्। कोषाध्यक्ष गिरीका अनुसार शिलान्यास कार्यक्रममा विभिन्न राज्यका मुख्यमन्त्रीहरुलाई आमन्त्रित गरिने छ। शिलान्यास कार्यक्रम तीन दिनको राखिएको छ। अगस्ट ३ बाट सुरु भएको शिलान्यास अगस्ट ५ मा सकिने छ। हिन्दु पात्रो अनुसार अगस्ट ५ का दिन मध्यान्हको १२ बजेर १५ मिनेटको शुभसाइतमा प्रधानमन्त्री मोदीले राम मन्दिरको शिलान्यास गर्ने छन्। सम्पूर्ण कार्यक्रम हिन्दु वैदिक विधी अनुसार तयार गरिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ