arrow

लकडाउन खुलेसँगै झापामा थपिए संक्रमित, १८ सशस्त्र प्रहरीसहित २४ जनामा संक्रमण

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ साउन ९ शुक्रबार
mechi-bridge-jhapa.JPG

झापा । सरकारले बन्दाबन्दी अन्त्यको घोषण गरे लगत्तै २४ घण्टामा झापामा १८ जना सिमा सुरक्षाकर्मी सशस्त्र प्रहरी बल (एपीएफ) सहित २४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका सशस्त्र सिमा सुरक्षा बलका १८ जना सुरक्षाकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिएका छ्न ।

साउन ७ गते ४८ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला बिराटनगरमा पठाइएको थियो । नाकामा सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीमा नै ठुलो संख्यामा कोरोना संक्रमण भेटिएपछि समुदायमा कोरोना संक्रमण फैलिएको हुन सक्ने आशंका बढेको छ ।

यसका साथै शुक्रबार बाह्रदशी ३ र झापा गाउँपालिकामा ३ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिए । बाह्रदशी र झापा गाउँपालिकामा संक्रमण देखिएका ६ जना वैदेशिक रोजगारीबाट फर्किएको बताइएको छ ।

शुक्रबार संक्रमण पुष्टि भएका २४ जनासहित झापामा कोरोना संक्रमितको संख्या ३५४ पुगेका छन् । यी मध्ये २९९ जना उपचारपछि घर फर्किएको फोकल पर्सन चौंलागाईले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ