arrow

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर र रञ्जन कोइराला जुवा खेल्ने साथी

चोलेन्द्रलाई महाभियोग लगाउन मृतक गीताको परिवारको माग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ९ शुक्रबार
cholendra-ranjan.jpg

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला बिहीबार जेलमुक्त भएसँगै यो प्रकरणले अहिले निकै सार्वजनिक जीवन गर्माएको छ । 

आफ्नै श्रीमतीको हत्या मुद्धामा दोषी ठहर भएपछि सो मुद्दामा जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालाको सँजाय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले घटाउने फैसला गरेर उनी रिहा भएसँगै यो बिषयले सार्वजनिक जीवन गर्माएको हो। 

नेपाल प्रहरीबाट ०५८ सालमा सेवा परिवर्तन गरी सशस्त्र प्रहरी बलमा प्रवेश गरेका कोइरालाले २०६८ माघमा पत्नी गीता ढकालको हत्या गरेका थिए । 

महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन पालुङमा लगेर शव जलाएका थिए । शव फालिएको स्थानमा दोस्रो पटक गएर फर्किँदै गर्दा २८ माघ ०६८ मा थानकोटबाट कोइराला पक्राउ परेका थिए । 

यो प्रकरणमा जेल चलान भएका उनी अन्तत सजाय घटाउने फैसलापछी छुटेका थिए । डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई बिहीबार जेलमुक्त गरेको हो । 

पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर रिहा भएका रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता भएको छ । कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला चित्त नबुझेपछि सरकारी वकिलले पुनरावलोकनको लागि निवेदन दिएको हो ।

कोइराला छुटे लगत्तै उनी छुट्ने आदेश गर्ने प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवरा र उनको सम्वन्धको बारेमा पनि खोजी हुन थालेको छ। यसैबीच उनीहरुको सम्वन्धका बारेमा मृतकका दाईले हाम्राकुरासँग केहि जानकारी उपलव्ध गराएका छन् ।   

चोलेन्द्र र रञ्जन कौडा खेल्ने साथी  
यो प्रकरणले ठुलो रुप लिएपछि चोलेन्द्र र रञ्जनबीचको मित्रताबारे नयाँ तथ्य बाहिर आएको छ । हाम्राकुरासँग कुरा गर्दै मृतक गीता ढकालका दाई गजेन्द्र ढकालले प्रधानन्यायाधिश हुनुभन्दा धेरै अघीदेखि नै चोलेन्द्र समशेर जबरा र रञ्जन कोइरालाबीच पारिवारिक खालको सम्बन्ध रहेको थियो। चाडबाडको बेलामा चोलेन्द्र शमशेर पूर्व डीआइजी कोइरालाको घरमा कौडा तथा तास खेल्न आउने गरेको बताए ।

गीताका पिता हरेराम ढकाल र दाई गजेन्द्र ढकालले शुक्रवार पत्रकार सम्मेलन गरेरै सर्वोच्चको फैसलाका बिरुद्धमा आफ्ना असन्तुष्टी व्यक्त गरेका थिए। उनीहरुले दोषीलाई उन्मुक्ती दिने प्रधानन्यायाधिश जवरामाथि छानविन गरि महाभियोग लगाउनु पर्ने माग गरेका थिए । हाम्राकुरासँग कुरा गर्दै गजेन्द्र ढकाल न्याय सम्पादनको प्रक्रियामाथि नै चोलेन्द्रको फैसलाले कालो पोतेको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ