arrow

भारत सरकारको सहयोगमा महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसको विज्ञान भवन निर्माण गरि हस्तान्तरण

एचआईसीडीपीका ४२२ वटा परियोजनामा ७९८.७ करोड खर्च 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ९ शुक्रबार
mahendra-morang-campus-buil.jpg

मोरङ। विराटनगरस्थित महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसको नवनिर्मित विज्ञान भवनको शुक्रवार काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति मोरङ तथा क्याम्पस व्यवस्थापन समितिले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका छन्। 

जिल्ला समन्वय समिति मोरङले कार्यान्वयन गरेको यस परियोजना भारत सरकारको आर्थिक सहयोग ने.रु. ४.४३ करोडमा निर्माण गरिएको क्याम्पस व्यवस्थापन समितिले जनाएको छ ।

नेपालभर रहेका प्रारम्भिक पूर्वाधार विकास परियोजनाहरुलाई सहयोग तथा सुदृढ गर्न  साना विकास परियोजनाको नामले शुरु भएको यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रुपमा नेपाल–भारत द्विपक्षीय प्रयास अन्तर्गत अघि सारेको भारतीय राजदूतावासले जनाएको छ । 

यस प्रयास अन्तर्गतका परियोजनाहरुले परियोजना क्षेत्रमा रहेका समुदायहरुलाई विशेष गरी शिक्षा, स्वास्थ्य, कनेक्टिभिटी, खानेपानी र सरसफाई, व्यवसायिक प्रशिक्षण, मेडिकल क्याम्पस आदि विविध क्षेत्रमा फाइदा पुर्‍याउँदै आएको भारतीय दुतावासले प्रेसित विज्ञप्तीमा उल्लेख छ । 

सन् २००३ यता भारतले हालसम्म नेपालका ७७ जिल्लामा ७९८.७ करोड आर्थिक अनुदान सहयोगमा ४२२ वटा ‘एचआईसीडीपी’ सम्पन्न गरिसकेको दुतावासले जनाएको छ ।

२५ बर्ष अघी स्थापना भएको क्याम्पस प्रदेश १ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सबैभन्दा ठूलो क्याम्पस मध्यको एक हो । यस नवनिर्मित दुई तल्ले भवनमा १७ वटा कक्षा कोठा, प्रयोगशाला, भण्डारण कक्ष र प्रत्येक तल्लामा छात्र र छात्राका लागि छुट्टै सरसफाईका सुविधा रहेका छन् । 

यस नवनिर्मित भवनले झण्डै ७००० विद्यार्थी लगायत विभिन्न सङ्कायका प्रतिनिधिहरु लाभान्वित हुने क्याम्पसले जनाएको छ । यहि क्याम्पसबाट उत्तीर्ण धेरै विद्यार्थीहरु मध्ये राष्ट्रपति विद्यादेवी भण्डारी पनि रहेकी छिन् । क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरु उपप्रधानमन्त्री, मन्त्री तथा कैयन प्राविधिक विज्ञ भएका छन् ।

नयाँक्याम्पस भवनको उद्घाटनको अवसरमा बोल्दै क्याम्पस प्रमुख बाबुराम तिमिल्सिनाले भारतीय जनताको सहयोग नेपाल र भारतले विश्वास गर्दै आएको वसुधैव कुटुम्बकम्को प्रतिबिम्बको रुपमा रहेको बताए । 

नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकारका तर्फबाट दुतावासले खुशी व्यक्त गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ