arrow

डिआइजी धानुकले अवैध क्रसरको छानविन गर्न दाङ प्रहरीलाई दिए लिखित निर्देशन  

logo
दाजु निसान भट्टराई,
प्रकाशित २०७७ साउन १० शनिबार
ganesh-chand-rabindra-dhanu.jpg

घोराही । प्रदेश ५ का डिआइजी रबिन्द्र धानुकले दाङका अबैध क्रशरमाथी अनुसन्धान गरि कारबाहि गर्न जिल्ला प्रहरी कार्यालय दाङलाई कडा निर्देशन दिएका छन् । अबैध क्रसरको बारेमा बिभिन्न सञ्चार माध्यममा निरन्तर समाचार आइरहेपछि चासो राख्दै तत्काल गैरकानुनी कार्य नियन्त्रण गर्न डिआइजी धानुकले दाङका प्रहरी प्रमुख गणेश चन्दलाई लिखितरुपमै निर्देशन दिएका हुन् । 

अबैध क्रशरबारे डिआइजी तहबाटै चासो ब्यक्त गरेको पहिलो घटना हो । डिआइजी धानुकले आफै प्रदेश प्रहरी कार्यालयको तर्फबाट ७ दिन भित्र लिखितरुपमै अबैध क्रसरबारे तत्काल अनुसन्धान गर्न निर्देशन दिएका हुन । सञ्चारमाध्यममा समाचार आएपछि प्रदेश प्रहरीले चासो दिदै यसबारे यथार्थ अनुसन्धान गरि प्रतिबेदन बुझाउन पनि प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको हो । 

प्रदेश प्रहरी कार्यालयको निर्देशनपछि एसपी चन्दले जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काको नेतृत्वमा अबैध क्रशरमाथि अनुसन्धान गर्न समिति बनाएका छन् । डिएसपी खड्काले अबैध क्रसरबारे अनुसन्धान गर्न प्रदेश ५ को प्रदेश प्रहरी कार्यालयबाट लिखितरुपमा पत्र आएको र अहिले सोबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिए । प्रहरी अनुसन्धानले गलत देखिने र कानुन बिपरित काम भएको अबस्थामा कानुन बमोजिम कारबाही हुने खड्काले बताए । उनले क्रसरबारे जिल्ला समन्वय समिती र घरेलुलाई धेरै कुरा थाहा हुने भएकाले जिप्रका दाङद्वारा जिल्ला समन्वय समिती दाङ र घरेलुलाई अबैध क्रशरबारे बुझ्न पत्र काटिसकेको र त्यहाँबाट बुझ्ने काम भइरहेको बताए । 

स्थानीय तह र समन्वय समितिले प्रहरीको सहयोग चाहेमा सहयोग गर्न तयार रहेको भन्दै खड्काले अबैध क्रशरमा प्रहरीको भुमिका खासै नहुने समेत बताए । जिल्ला प्रहरी प्रमुख गणेश चन्दले अबैध क्रसरलाई आफुले संरक्षण नगरेको भन्दै जिल्ला प्रशासन र जिल्ला समन्वय समितिले अबैध क्रसरबारे निर्णय गरे आफै गएर ताला ठोक्ने पनि बताए । 

जिल्ला समन्वय समिती दाङका उपप्रमुख श्रीधर पौडेलले पछिल्लो पटक नदिजन्य उत्खनन् पदार्थको बारेमा नया ऐन नियम आएको भन्दै प्रदेशको ऐन अनुसार दाङमा अबैध क्रसरहरु थुप्रै रहेको बताए । उनले जिप्रका दाङबाट अबैध क्रसरबारे बुझ्न पत्र आएको भन्दै अबैध क्रसरलाई कारबाही गर्न जिल्ला समन्वय समिती तयार रहेको बताए । दाङमा ३५ वटा अबैध क्रसरहरु रहेका छन् । 

घरेलुबाट बालुवा प्रसोधनको अनुमती लिएर क्रसिङ काम गर्ने दाङमा थुप्रै अबैध क्रसर छन् । अबैध क्रसर लगानीमा पूर्बमन्त्री, जनप्रतिनिधि र स्थानीय नेताहरुको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र एसपी ओम राना र बाँकेको जिल्ला समन्वय समितिको सक्रियता र निर्देशनमा २४ वटा अबैध क्रसर बाँकेमा बन्द छन् । 

छिमेकी जिल्ला बाँकेमा अबैध क्रसर सिडिओ, एसपी र जिल्ला समन्वय समिति प्रमुख मिलेर बन्द गरेकाले दाङमा अबैध क्रसर बन्द गर्न अहिले चौतर्फी दबाब परेको छ । अबैध क्रसर बन्द गर्न दाङको सिडिओ र एसपी माथी दबाब बढेको छ । अबैध क्रसरलाई स्थानिय प्रहरी प्रसासनले संरक्षण गरेको स्थानीय नागरिक र सरोकारवालाका तर्फबाट आरोप लाग्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ