arrow

पथरी प्रहरी नियन्त्रणमा रहेको लोपोन्मुख वन्यजन्तु गायब

logo
गोपाल काफ्ले,
प्रकाशित २०७७ साउन १० शनिबार
police-pathari-animal.jpg

पथरी। पछिल्लो समय विवादित बन्दै गएको इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको लोपोन्मुख प्रजातीको सुन गोहोरो र टोके टोके गायव गरेको छ । घरायसी झगडामा ५ हजार घुस माग्नेदेखि प्रहरीको विरुद्ध बोल्दा कुटपिट गर्ने, मलामी गएर फर्किएकालाई सार्वजनीक स्थानमा कुटपिट गर्ने, घरमा बसेका विद्यार्थीलाई जवरजस्ती बाटोमा ल्याएर कुटपिट गरि उठबस गराउने लगायतका घटनामा विवादित बनेको ईलाका प्रहरी कार्यालय पथरीले लोपोन्मुख सुन गोहोरो र टोके टोकेका विषयमा फरक फरक कुरा गरेको छ ।

मोरङ्गको पथरीशनिश्चरेमा प्रहरीले मोटरसाइकल चोरी गरि विक्रि गर्ने ४ जना गिरोह र १ जना मोटरसाइकल ग्यारेजका संचालक र कामदारलाई पक्राउ गरेको थियो । प्रहरीले असार ३१ गते उनीहरुले चोरी गरेको मोटरसाइकल सहित ६ जनालाई पक्राउ गरेको हो । उनीहरुवाट लोपोन्मुख प्रजातिका वन्यजन्तु सुन गोहोरो र टोके टोके वरामद गरे पनि त्यसलाई भने प्रहरीले लुकाएको छ ।

मोटरसाइकल चोरी गरि फरार रहेकावाट प्रहरीले वरामद गरेको लोपोन्मुख वन्यजन्तु सुन गोहोरो र टोकेटोके सव डिभिजन कार्यालय पथरीमा वुझाएको छैन । वन्यजन्तु चोरी र शिकारी गरि सोको कारोवारमा संलग्न भएका आशंका गरिएपनि उनीहरुलाई मोटरसाइकल चोरीको आरोप मात्र लगाइएको छ ।

मोटरसाइकल चोरी गरि नम्वर प्लेट परिर्वतन गरेको आरोपमा दमक झापाका वेण्डम विक, पथरीशनिश्चरे ४ का मिलन खतिवडा, अनुप जोगी र विनोद जोगी, रतुवामाइका अभि हस्ता र सकल हेमरमलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप गिरीले जानकारी दिए ।

हेमरम पथरीशनिश्चरे ९ पुलचौकमा मोटरसाइकल ग्यारेज संचालक हुन भने हस्ता सोहि ग्यारेजमा कार्यरत मजदुर हुन । विहिवार अन्य ४ जनालाई खतिवडाको घर पथरीशनिश्चरे ४ नयाँ सोमवारेवाट नियन्त्रणमा लिएको हो ।

सो विषयमा प्रहरी नायव उपरिक्षक गिरीले सानो एउटा प्राणी वरामद भएपनि प्रहरी कार्यालयवाटै सो गोहोरो फुत्किएको प्रतिक्रिया दिए । यता सव डिभिजन वन कार्यालय पथरीका प्रमुख अलाउद्धिन अन्सारीले जुनसुकै वन्य जन्तु भए पनि वन कार्यालयमा वुझाउनु पर्ने नियम भएकाले प्रहरीले सो वन्यजन्तु पनि वन कार्यालयमा वुझाउन पर्ने वताउँछन ।

इलाका प्रहरी कार्यलयमा बुझदा कुनै पनि बन्यजन्तु पक्राउ नभएको जानकारी प्रहरी नायव उपरिक्षक गिरीले दिएको अलाउदिनले बताएका छन । तर यता स्थानयिले भने लोपोन्मुख प्रजातीको वन्यजन्तु सहित चोरीमा संलग्न गिरोह प्रहरीलाई बुझाएको बताउछन ।

दमक बजारबाट हराएको मोटर साईकलको खोजी गर्दै जादा पथरीशनिश्चरे पुलचौकमा फेला परेको थियो भने पथरीशनिश्चरे १० का वडाध्यक्ष सागर राईको सहयोगमा चोरीमा संलग्न गिरोह पक्राउ परेको थियो ।

वडाध्यक्ष राईले प्रहरीलाई लोपन्मुख प्रजातीका सुन गोहोरो र टोके टोके प्रहरीलाई बुझाएका थिए । राईले प्रमाणको लागि भिडियो गरे पनि प्रहरीले भने मान्छे अनुसार फरक फरक कुरा गर्ने गरेको छ ।

वन कार्यालयलाई कुनै जिवजन्तु पक्राउ नगरेको भने पनि वडाध्यक्षले प्रहरीलाई बुझाउदै गरेको भिडियो सार्वजनीक भएको छ । प्रहरी नायव उपरिक्षक गिरीसंग बुझ्दा वनमा छोडेको बताएका छन । प्रहरीले विना मुचुल्का र विना रोहवरमा लोपोन्मुख जिवजन्तु छोड्नुले प्रहरीमा शंका उब्जिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ