arrow

बाढीपहिरो कोषमा कांग्रेस युवा नेताद्धय डिल्लीराम र जिमीबाट ५० हजार सहयोग 

logo
प्रकाशित २०७७ साउन ११ आइतबार
rahat-badhi-pidit-congress.jpg

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीले सुरु गरेको राहत कोषमा युवा नेता तथा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष  डिल्लीराम सुबेदी बाग्लुङ र कांग्रेस सिन्धुपाल्चोक जिल्लाका महासमिति सदस्य समाजसेवी जिमी लामाले ५० हजार रुपैयाँ सहयोग गरेका छन् । 

म्याग्दीको मराङ्ग, बिम, ताकम, देबिस्थान, अर्मन लगायतका ठाउँमा गत असार २५ गते गएको बाढीपहिरोले घरबास उजाडिएपछि पीडितहरुलाई राहत दिलाउनका लागि सुरु भएको राहत कोषमा सहयोगी दाताहरुबाट संकलन गरिएको राहत अहिले नेपाली कांग्रेसले विभिन्न स्थानमा वितरण जारी राखेको छ । 

देश तथा विदेशबाट उल्लेख्य सहयोग जुटेको र सोही सहयोग पीडितकै घर दैलोमा पुगेर वितरण गरेको पार्टी सभापति खम्बिर गर्बुजाले बताए । 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले धन्यवाद ज्ञापनसमेत गरेको पार्टी सहसचिब भरत रकालले जानकारी दिए । राहत संकलन अझै केही दिन चल्ने र वितरण पनि जारी राखिने रकालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ