arrow

ओल्ड ट्राफोडमा शंकास्पद वस्तु भेटियो, म्यानयु र बर्नमाउथबीचको खेल स्थगित

logo
प्रकाशित २०७३ जेठ २ आइतबार
epl-bomb.jpg.jpeg

एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटलमा म्यान्चेस्टर युनाइटेड र एएफसी बर्नमाउबीचको खेल स्थगित भएको छ । म्यानयुको मैदान ओल्ड ट्राफोडमा एक संकास्पद वस्तु भेटिएपछि सुरक्षाकर्मीको सल्लाह अनुसार खेल स्थगित भएको हो ।

खेल स्थगित भएसंगै ओल्ड ट्राफोडको सुरक्षा व्यवस्था कडा पारिएको छ । ओल्ड ट्राफोडको आंशिक स्टेडियमको उत्तर पश्चिमको कुनामा सो शंकास्पद वस्तु भेटिएपछि मैदान खालि गराइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । खेल कहिले हुने भन्नेबारे निर्णय हुन बाँकी छ । अन्तिम चरणका सबै खेल भइरहेकामा सो खेल रोकिएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ