arrow

बढेको बढै सुनको मूल्य

logo
प्रकाशित २०७७ साउन ११ आइतबार
gold-jewellery.jpg

काठमाडौँ । कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आइतबार पनि अप्रत्यासितरुपमा बढेको छ । 

गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा कारोवार भएको पहेंलो धातुमा आइतबार रु ५०० ले वृद्धि भएको छ । आइतबार बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९५ हजार ८६० निर्धारण  गरिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा चाँदीको मूल्यमा पनि रु पाँचले वृद्धि भएको छ । साउन १ गते एक तोला चाँदी रु एक हजार पाँचमा कारोवार भएकामा आइतबार सोही परिमााणको सेतो धातुको मूल्य रु एक हजार १५५ तोकिएको छ ।

 कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ