arrow

३० बर्षदेखि बस्दै आएको दलित बस्ती किन हटाउने भन्दा अन्धाधुन्द कुटाइ, सिडिओ र एसपीले लिएनन् उजुरी

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ साउन ११ आइतबार
dalit-basti1.JPG

धनुषा। जनकपुरधाम उपमहानगरपालिको वडा नम्बर १ स्थित धर्मवान टोलमा सडक छेउमै करिब ३० बर्षदेखि बस्दै आएका दलितहरुको बासस्थान हटाउने प्रयास भएछि स्थानीय समाजसेवी दिलिप साहले दलितको पक्षमा बोल्दा दिनदहाडै केहि टोले गुन्डाहरुबाट कुटिएका छन् ।

जनकपुरधाममा लकडाउनकाबिच गरिव विपन्नका लागि नि:शुल्क भोजनको शिविर सञ्चालन गर्ने समाजसेवी उपर अभद्र व्यवहार तथा कुटपिट भएको हो । शनिबार पत्रकार समेलन गरि समाजसेवी साहले भने, बर्षौदेखि सडक छेउमै बस्दै आएका दलित, गरिव विपन्नहरुलाई बिना कुनै कारण नहटाउने बताए ।

लकडाउनमा दलितहरुलाई खाना खुवाएका साहले के आधारमा हटाउने भनेर प्रश्न मात्र के गरेका थिए स्थानीय लव अधिकारी, लक्ष्मेश्वर यादव, ओम यादव, शंकर सिंह सहितका व्यक्तीहरु समाजसेवी साहलाई तथानाम गाली, बेज्जती र कुटपिट गर्न थाले । 

पत्रकार सम्मेलनमा उपस्थित जीवन सदाले भने, ‘दिलिप महाजनको घर पनि हाम्रो लाइनमै छ उहाँले दलितहरुको होइन मेरै घरवाट सुरु देखिनै घर हटाउन सुरु गर्नोस र हटाउने कारण केहो सवैलाई बताउनोस भन्दा धमाधम लखेटी लखेटी कुटेको बताए ।

स्थानीय कलशिया देवी सहनीले पिडित साह आफुहरुको सुख दुःखमा साथ दिने व्यक्ति रहेको र समाजसेवी रहेकाले बोलेकै भरमा कुटपिट गरिएको भिडियो समेत आफुहरुले खिचेको बताइन् ।
 
साहका अनुसार नि:शुल्क भोजन शिविर चलाउने क्रममा एसपी र सिडिओको चिनजान भएपनि अहिले के कारणले सिडिओ र एसपी उजुरी लिन र न्याय दिन हिच्किचाइ रहेको बताए । 

सिडिओ साहेवले एसपी सावले गर्नु हुन्छ भन्ने थियो तर एसपी साहेवले सामान्य घटना भनेर पन्छिनुभयो । साहको पक्षमा रहेका दलित विपन्नहरुले साहलाई न्याय नदिए आफुहरु चुप नबस्ने चेतावनी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ