arrow

अर्काको व्यवहार यसरी बुझ्ने, २५ सुत्र

logo
प्रकाशित २०७७ साउन ११ आइतबार
skills.png

काठमाडौं । हाम्रो दैनिक जीवनमा हजारौं व्यवहारहरुको सामना हामीले गर्नुपर्छ । सामाजिक प्राणी भएपछि हामीले धेरै व्यवहारहरु मानिससँग नै गर्ने गर्दछौ। त्यस्ता व्यवहारहरु केही त सीधा अभिव्यक्त हुने खालका हुन्छन् भने केही उनीहरुको हाउभाउ, बोलीको शैली र उनीहरुको अभिव्यक्तिको परिस्थितिलाई पनि बुझेर विश्लेषण गर्नुपर्दछ । 

मनोविज्ञान त्यही हो जसले अर्को मानिसले शब्दमार्फत् नबोलेपनि उसले भनेको कुरा बुझ्न सक्नु । धेरै मानिसहरु सबै कुरा अर्को व्यक्तिलाई बताउने गर्दैनन् । त्यसैले धेरै कुरा हामी उसले भन्न खोजेको कुरा मनोबैज्ञानिक रुपले पनि थाहा पाउन सकिन्छ । जुन हामीलाई सामान्य लाग्ने व्यवहारभित्र नै लुकेर बसेको हुन्छ । हामीलाई सामान्य लाग्ने यिनै व्यवहारहरुलाई हामीले चासो दिने हो भने त्यसैभित्र पनि धेरै कुराहरु लुकेको हुनसक्छ । तल, हामीले यस्तै यस्ता मनोविज्ञान जोडिएका केही विषयहरु प्रस्तुत गरेका छौं । 

१ यदि कसैले आफ्नो कुरा अर्कोले सुनोस् भन्ने चाहन्छ भने कुनैपनि कुरा गर्नुपहिले ''म तपाईंलाई यो कुरा बताउन त चाहेको थिईन...'' भनेर सुरु गर्नुपर्छ ।

२ यदि कसैले तपाईंलाई सल्लाह दिन्छ भने त्यसको जवाफमा ''तपाईंले ठीक कुरा गर्नु भयो'' भन्नुभन्दा पनि ''अँ बुझेँ'' भन्नु राम्रो मानिन्छ। 

३ महिलाहरु केवल त्यही मानिसहरुसँग बहस गर्न मन पराउँछन् जसलाई उनीहरुले साँच्चिकै ध्यान दिएका हुन्छन् । 

४ जब कुनैपनि समूह एकठ्ठा भएर कसैको मजाक उडाउँछ भने त्यो मानिस उसैको मुख तिर हेर्दछ । जसलाई उसले दिलदेखि नै नजिक मानेको हुन्छ । 

५ तपाईंले कुनै कुरा गर्दै गर्दा कोही व्यक्तिले आफ्नो शिर निहुराउँछ भने बुझ्नुहोस् तपाईंले गरिरहेको कुरामा उसलाई कुनै चासो छैन र तपाईं रिसाउनु हुन्छ भन्ने डरले त्यो बताउन पनि चाहिरहेको छैन। 

६ यदि तपाईंको दुई जनासँग प्रेम भएको छ र एकलाई छोड्नु छ भने तपाईंले पहिलो प्रेमलाई छाड्नु पर्छ । किनकी यदि तपाईले पहिलोसँग सच्चा प्रेम गर्नुभएको थियो भने उसलाई छाड्नु नै हुँदैन थियो। 

७ हरेक कामको लागि हुन्छ मात्रै भन्नु हुँदैन । धेरै मानिसहरु त्यस्ता मानिसको इज्जत गर्दछन् जोसँग केही सीमा हुन्छ । त्यसैले कहिलेकाहिँ हुँदैन पनि भन्न सक्नुपर्छ ।

८ यदि तपाईं एक पटक कसैसँग प्रेममा पर्नुभयो र उसँग प्रेम छुट्यो भने त्यसपछि तपाईं उसँग साथी बन्न सक्नुहुन्न । 

९ अधिकांश मानिसलाई आफ्नो खल्तीमा राखेको फोनमा भाईब्रेसन भएको महसुस हुन्छ । तर, त्यो वास्तवमै भएको हुँदैन । त्यो मनको खेल मात्रै हो । 

१० एक्लोपनको अनुभव त्यतिबेला हुँदैन जतिबेला कुनैपनि मानिस एक्लो हुन्छ । त्यतिबेला हुन्छ जतिबेला उसलाई ध्यान दिने मानिसको कमि हुन्छ । 

११ यदि तपाई कुनै पनि कारण विना नै एक्कासी निराश हुनुहुन्छ भने तपाईंंले कसैलाई सम्झिईरहनु भएको हुन्छ । जबकी त्यो कुरा तपाईं स्वयंलाई थाहा हुँदैन । 

१२ कसैले नबोलाए पनि आफ्नो नाम बोलाएको जस्तो लाग्नु एक स्वस्थ दिमागको संकेत हो । 

१३ कुनैपनि साथि छिट्टै नै पक्का साथी बन्छ भने ऊसँग केही सतर्क रहनु । ऊ धोकेबाज पनि हुनसक्छ । 

१४ कसैको फोन उठाउनु पहिले थोरै भएपनि मुस्कुराउनु । तपाईंको आवाज राम्रो आउँछ । 

१५ तपाईंले कसैसँग जलनको भाव राख्नुहुन्छ भने हाम्रो इम्युन सिस्टमलाई त्यसले कमजोर बनाउँछ । 

१६ इमान्दार बन्दा साथिहरु धेरै बन्दैनन् । जो साथी बन्छन् उनीहरु पक्का हुन्छन् । 

१७ मनोविज्ञानका अनुसार यदि अर्को कोही व्यक्तिको कुरा काट्छ भने ढुक्क हुनुस् उसले तपाईंको पनि कतै न कतै कुरा काटिरहेको हुन्छ । 

१८ यहि हामी कसैको साँच्चिकै ध्यान दिन्छौं भने उसको र तपाईंको मुडको सीधा कनेक्सन हुने गर्दछ । उसको मुड खुश छ भने तपाईंको पनि खुश हुन्छ । उसको मुड दुखी छ भने तपाईंको पनि मुड दुखि हुन्छ । 

१९ कसैले माफी माग्छ भने नसम्झनुस् कि उसले गल्ती गरेको छ ।  विशिष्ट प्रवृत्तिका मानिसहरु अरुको इगो कम गर्नको लागि पनि माफी माग्छन् । 

२० जति प्रेम तपाईंको साथी तपाईंमाथि देखाउने गर्दछन् । त्यो भन्दा धेरै प्रेम आफूले गरेको देखाउन खोज्नु तपाईंको ठूलो गल्ती हो । 

२१ मानिसहरु त्यो मान्छेप्रति आकर्षित हुन्छन् । जो हामीलाई मनपर्ने संगीत मनपराउँछन् । 

२२ मनमा लुकाएको भावना कहिलै पनि नष्ट हुँदैन । केही समयको लागि टाढा हुनसक्छ । तर जतिबेला त्यो भावना फर्किएर आउँछ । त्यो झनै दर्दनाक बनेर आउँछ । 

२३ मानिसहरु तपाईंको राम्रो कामको विश्वास गर्नको लागि पटक पटक तपाईंसँग सोध्न आउँछन् र नराम्रोकाम तपाईलाई सोध्नु भन्दा पहिले नै विश्वास गर्नेछन् । 

२४ धेरै प्रश्न सोध्नाले तपाईं त्यति धेरै प्रिय बन्नु हुनेछ । 

२५ मानिसहरु यो सोच्दैनन् कि तपाईंले ऊसँग के भन्नुभयो । यो सम्झन्छन् कि तपाईंले के महसुस गराउनु भयो ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ