arrow

सकियो इंगलिश प्रिमियर लिग, यस्तो छ अन्तिम नतिजा

लिभरपुलले ३० वर्षपछि लिग जित्यो, ७ खेलअघि नै उपाधि पक्का गरे पनि १०० अंकको रेकर्ड तोड्न सकेन

logo
प्रकाशित २०७७ साउन १२ सोमबार
premier-league-2020.JPG

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको यो सिजन सकिएको छ । आइतबार राति अन्तिम चरणका सबै १० खेल भएपछि लिग सकिएको हो । 

यस्तो छ नतिजा–
आर्सनल ३–२ वाटफोर्ड
बर्नली १–२ ब्राइटन एन्ड होभ आल्बियन
चेल्सी २–० बुल्भरह्याम्पटन
क्रिस्टल प्यालेस १–१ टोटनह्याम 
एभर्टन १–३ बर्नमाउथ
लेस्टर सिटी ०–२ म्यान्चेस्टर युनाइटेड
म्यान्चेस्टर सिटी ५–० नर्विच सिटी
न्युकासल युनाइटेड १–३ लिभरपुल
साउथह्याम्पटन ३–१ शेफिल्ड युनाइटेड
वेष्ट ह्याम १–१ एस्टन भिल्ला

अंक तालिका
लिभरपुल– ९९, म्यान्चेस्टर सिटी ८१, म्यान्चेस्टर युनाइटेड ६६, चेल्सी ६६, लेस्टर सिटी ६२, टोटनह्याम ५९,  वुल्भस् ५९, आर्सनल ५६, शेफिल्ड ५४, बर्नली ५४, साउथह्याम्पटन ५२, एभर्टन ४९, न्युकासल युनाइटेड ४४, क्रिष्टल प्यालेस ४३, ब्राइटन ४१, वेष्टह्याम ३९, एस्टन भिल्ला ३५, बर्नमाउथ ३४, वाटफोर्ड ३४ र नर्विच सिटी २१ अंक । 

लिभरपुल, म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड र चेल्सी च्याम्पियन्स लिगमा छनोट भएका छन् । 

लेस्टर र टोटनह्याम युरोपा लिगमा छानिएका छन् । पुछारका तीन टिम बर्नमाउथ, वाट्फोर्ड र नर्विच रेलिगेशनमा परेका छन् । 

लिभरपुलले ३० वर्षपछि लिग जित्यो । तर रेकर्ड जितेन । ७ खेलअघि नै उपाधि पक्का गरे पनि त्यसपछिका खेलमा उत्कृष्ट नखेल्दा ९९ अंकमा रोकियो । जबकि उसले म्यान्चेस्टर सिटीले बनाएको १०० अंकको रेकर्ड तोड्न सक्थ्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ