arrow

प्रिमियर लिग: आर्सनल दोस्रो स्थानमा , च्याम्पियन लेस्टरको अन्तिम खेल बराबर

logo
प्रकाशित २०७३ जेठ २ आइतबार
Mancity.jpg.jpeg
काठमाडौं। प्रिमियर लिग फुटबलको अन्तिम अंक तालिकामा लेस्टर ८१ अंकका साथ पहिलो स्थानमा रहेको छ भने आर्सनल ७१ अंकका साथ दोस्रो स्थानमा रहन सफल भएको छ। 
 
उपाधिकालागि अन्तिम समयसम्म दौडमा रहेको टोटेनह्यामले ७० अंकका साथ तेस्रो स्थानमा चित्त बुझाएको छ। यो सिजन रेलिगेसनमा परेको न्युक्यासलसँग अन्तिम खेलमा टोटेनह्याम ५-१ गोलले पराजित हुँदै तेस्रो भएको हो। 
 
आर्सनलले अर्को रेलिगेसनमा परेको टोली एस्टन भिल्लालाई ४-० गोलले पराजित गरेको हो। आर्सनलका ओलिभर जिरडले ह्यट्रिक गर्दै आफ्नो टोलीलाई सम्मानजनक जित दिलाएका हुन्। 
 
म्यानचेस्टर सिटीले ६६ अंकका साथ चऔथो स्थानमा ओगट्न सफल भएको छ। अन्तिम खेलमा  सिटीले स्वान्सीसँग १-१ गोलको बराबरी खेलेको हो।
 
त्यसैगरि साउथाम्पटन पाँचौं स्थानमा रहेको छ भने एक खेल खेल्न बाँकी म्यानचेस्टरले छैठौं स्थानमा रहेको छ। ओल्ड ट्राफोर्ड मैदानमा शंकास्पद बस्तु फेला परेपछि म्यानचेस्टर युनाईटेड र बोर्नमाउथको खेल हुन सकेको छैन्। 
 
त्यसैगरि प्रिमियर लिग च्याम्पियन लेस्टर र चेल्सी बिचको खेल १-१ गोलको बराबरीमा सकिएको छ। 
 
लेस्टर, आर्सनल र टोटेनह्यामले अर्को सिजनको च्याम्पियन्स लिग खेल्नेछन् भने सिटीले च्याम्पियन्स लिगको क्वालिफाईङ खेल्नु पर्ने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ