arrow

आईपीएल क्रिकेट: अमलाको हमलाको जवाफमा युवराजको बिस्फोटक ब्याटिङ

logo
प्रकाशित २०७३ जेठ २ आइतबार
IPL_Yuvraj.jpg.jpeg
काठमाडौं। हासिम अमलाको बिस्फोटक ब्याटिङले पनि किङ्ग्स ईलेवन पञ्जाबको हार रोक्न सकेन। सनराईजर्स हैदरावादले पञ्जाबलाई ७ विकेटले पराजित गरेको छ। आलाले ५६ बलमा ९६ रन बनाएका थिए। 
 
टस जितेर पहिले ब्याटिङ गरेको पञजाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७९ रन बनाएको थियो। आमलाको बिस्फोटक ब्याटिङ बाहेक ऋद्धीमान शाह र गुरकिरात सिंहले २७-२७ रनको योगदान दिएका थिए। हैदरावादका भुवनेश्वर कुामरले २ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको हैदरावादले १९.४ ओभरमा ३ विकेट गुामउँदै १८० रन बनाएको थियो। डेविड वार्नरले ५२ रन बनाएका थिए भने युवराज सिंहले ४२* रनको योगदान गरेका थिए। युभराजले २४ बलमा ३ छक्का र ३ चौकाको मदतले उक्त रन बनाएका थिए। 
 
खेलका प्लेयर अफ म्याच हासिम अमला घोषित भएका थिए। यो बिजयसँगै हैदरावाद अंक तालिकाको पहिलो स्थानमा रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ