arrow

बाढीपहिरोबाट ७८ को मृत्यु, ८ बेपत्ता ६८ घाइते 

logo
प्रकाशित २०७७ साउन १२ सोमबार
flood-myagdi-pool.jpg

कास्की । गण्डकी प्रदेशमा यस वर्ष मनसुन शुरु भएता बाढी पहिराका कारणबाट ७८ जनाको मृत्यु भएको छ । तीमध्ये ४० महिला र ३८ पुरुष छन् । 

 प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार गतवैशाख महिनादेखि प्राकृतिक विपत्तिमा परी आठ जना बेपत्ता छन् भने ६८ घाइते भएका छन् । 

प्रदेशका ११ जिल्लामध्ये बाढी पहिराबाट म्याग्दीमा सबैभन्दा बढीले ज्यान गुमाएका छन् । म्याग्दीमा १६ महिला र १५ पुुरुषको मृत्यु भएको छ भने चार महिला बेपत्ता छन् । 

त्यसैगरी तनहुँमा आठ महिला र तीन पुरुषको मृत्यु तथा एक बेपत्ता छन् । कास्कीमा पाँच पुरुष र पाँच महिला गरी बाढी पहिराका कारणबाट १० जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । 

लमजुङमा एक महिला तथा तीन पुरुष, स्याङ्जामा एक महिला र चार पुरुषको मृत्यु तथा एक पुरुष बेपत्ता छन् । गोर्खामा एक महिला एक पुरुषको मृत्यु तथा अर्का एक पुरुष बेपत्ता छन् ।

पर्वतमा छ महिला र तीन पुरुषको मृत्यु भएको छ भने नवलपरासी पुर्वमा एक महिला र एक पुरुषले ज्यान गुमाएका छन् ।

बागलुङमा एक महिला र एक पुरुषको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन् । प्रदेशका मनाङ र मुस्ताङमा भने हालम्म प्राकृतिक विपत्तिका घटनाबाट मानवीय क्षति नभएको बताइन्छ । 

कास्कीमा सात महिला र पाँच पुरुष गरी १२ जना पहिरामा परी घाइते भएको प्रनाउ रेग्मीले जानकारी दिए । त्यसैगरी लमजुङमा ११ महिला र १२ पुरुष गरी २३ तथा म्याग्दीमा छ महिला सात पुरुष गरी १३ जना घाइते छन् ।

स्याङ्जामा आठ पुरुष र दुई महिला, तनहुँमा तीन महिला तथा चार पुरुष, पर्वतमा एक पुरुष र बागलुङमा एक–एक महिला पुरुष बाढी पहिरामा परी घाइते भएको कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ