arrow

अर्को महिना बेइजिङ्गमा फुटबल प्रतियोगिता हुने

logo
प्रकाशित २०७७ साउन १२ सोमबार
football21.jpg

बेइजिङ ।  कोरोनाभाइरसबाट सबैभन्दा पहिले प्रभावित भएको चीनको राजधानी बेइजिङ्मा अर्को महिना फुटबल प्रतियोगिता हुनेभएको छ ।  सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार बेइजिङमा ३७ औँ बेइजिङ रात्रि वाइडुई कप हुने भएको हो । 

युवा फुटबल प्रतियोगिताको रुपमा रहेको यस बाइडुई कप आगामी अगस्टको १९ तारिखदेखि शुरु हुने जनाइएको छ ।

कोरोनाभाइरसको त्रासका कारण कतिपय सुरक्षा सतर्कता अपनाउनु पर्ने अवस्था हुँदाहँुदै पनि फुटबल प्रतियोगिता गर्न लागिएको हो । 

प्रतियोगितामा भाग लिने खेलाडीहरूलाई १५ समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा सहभागिताका लागि अनलाइन फाराम भर्ने म्याद यही जुलाई ३१ मा बन्द हुने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ