arrow

काँग्रेसद्वारा प्रदेशसभा अवरुद्ध, कार्यसूचीमा नआउँदासम्म बैठक चल्न नदिने

logo
प्रकाशित २०७७ साउन १२ सोमबार
gandaki-province-pradesh.jpg

गण्डकी । गण्डकी प्रदेशसभाको सोमबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । काँग्रेसले प्रदेशसभामा दर्ता गराएको एक घर, एक पिसिआर, पिसिआरको दायरा बढाउनुपर्ने, कोरोना संक्रमणबाट मृत्यु भएकाको शवको व्यवस्थापन गर्नुपर्नेलगायतका विषय समेटिएको सङ्कल्प प्रस्ताव बैठकको कार्यसूचीमा नराखिएको भन्दै प्रदेशसभा अवरुद्ध गरेको हो ।
    
सङ्कल्प प्रस्तावलाई एउटा दलमात्र नभई सबै दलको साझा प्रस्तावका रुपमा लैजाने पहलस्वरुप कार्यदल गठन गरिए पनि निष्कर्षमा पुग्न सकेको थिएन । यसअघि आइतबारको बैठकको शुरुमै प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले सङ्कल्प प्रस्ताव कार्यसूचीमा नआउँदासम्म बैठक चल्न नदिने बताएका छन् । 

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा उक्त प्रस्ताव कार्यसूचीमा नसमेटिएपछि काँग्रेसका प्रदेशसभा सदस्यले उठेर अवरुद्ध गरेका थिए । सोमबारकै लागि पछि पुनः ३ बजेका लागि बोलाइएको बैठक पनि अवरुद्ध भएपछि मङ्गलबार २ बजेसम्मका लागि स्थगन भएको छ ।
    
कोरोना संक्रमण बढिरहेका अवस्थामा एक घर एक पिसिआर, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, संक्रमितबाट मृत्यु भएकाको शव व्यवस्थापन जस्ता अत्यावश्यक विषय समेटिएको सङ्कल्प प्रस्ताव प्रदेशसभामा दर्ता भएका अवस्थामा कार्यसूचीमा राख्न आलटाल गरिएको नेपाली काँग्रेस संसदीय दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले जानकारी दिए । सङ्कल्प प्रस्तावलाई कार्यसूचीमा नराख्दासम्म काँग्रेसका तर्फबाट अवरोध जारी रहने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ