arrow

सिलवाल फेरि राखेपको सदस्यसचिव, भागबण्डामा प्रचण्ड निकटकालाई उपाध्यक्ष

logo
प्रकाशित २०७७ साउन १२ सोमबार
sag-ramesh-silwal.jpg

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदमा पुनः रमेशकुमार सिलवाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई चार वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरको हो ।

नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनपछि स्वत खारेज भएको सदस्य सचिवको पदमा पहिलो पटक छनोटका आधारमा सिलवाल पुनःनियुक्त भएका हुन् । 

त्यस्तै राखेपमा पहिलो पटक खुला आह्वानद्वारा सदस्य सचिव नियुक्त भएका हुन् । नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफारिस समितिले पठाएको एक महिलासहित तीन जनामध्येबाट सिलवाल सदस्य सचिव नियुक्त भएका हुन् । 

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपकी पूर्वसदस्य इन्दिरा निरौला र राखेपका पूर्वअधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवासहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो । 

उक्त पदका लागि २७ जनाले आवेदन दिएका थिए । नयाँ ऐनअनुसार राखेपको सदस्य सचिवका लागि पाँच वटा मापदण्ड तोकिएको थियो । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानूनले अयोग्य नभएको हुनुपर्ने उल्लेख गरिएको छ ।

सिलवाल गत वर्ष असार २३ गते सदस्य सचिव पदमा नियुक्त भएका थिए  भने नयाँ ऐन कार्यान्वयनसँगै यही असार १८ गते उन पदमुक्त भएका थिए । 

त्यसैगरी बैठकले १३औँ दक्षिण एशियाली खेलकुद (साग) को प्रचारप्रसार विभाग संयोजकको भूमिका निर्वाह गरेका शिव कोइराला राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष नियुक्त भएका छन् । उपाध्यक्ष कोइरालाको पनि चार वर्षको पदावधि रहनेछ ।

सिलवाल नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमा खास मान्छे हुन् । यहाँ ओलीले फेरि आफ्नो मान्छे राख्न सफल भएका छन् । लिलबहादुर थापा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका खास मान्छे हुन् । ओलीले जिते प्रचण्डले सकेनन् 

प्रचण्डका मान्छे कोइराला उपाध्यक्ष भएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ